मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १८, २०७५
|
|
१७ पटक हेरिएको
Shares
मनाेरञ्जन समाचार: नाना पाटेकरलाई बलिउडले दुःखमा पनि साथ दिएन, आमाको निधनमा भए एक्लै

सारांश

  • एजेन्सी।
  • चर्चित बलिउड अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मङ्गलबार निधन भएको छ ।
  • उनको ९९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन ।
एजेन्सी। चर्चित बलिउड अभिनेता नाना पाटेकरकी आमा निर्मला पाटेकरको मङ्गलबार निधन भएको छ । उनको ९९ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन ।
आमाको अन्तिम सास महशुस गर्न नपाएका नानालाई अहिले अर्को पीडा थपिएको छ । बलिउड नायिका तनुश्री दत्ताले यौन दुव्र्यवहारको आरोप लगाएपछि पीडामा रहेका नानालाई आमाको अन्तिम संस्कारमा कोही पनि बलिउडका कलाकार नआउँनुले थप पीडा दिएको छ ।
नानाले २७ वर्षको उमेरका विवाह गरेका थिए । उनी २८ वर्षको हुँदा उनका बुवाको मृत्यु भएको थियोे । बाबु गुमाएको पीडा हुँदाहुँदैं नानामाथि अर्को विपत्त आइलाग्यो त्यो थियो उनको जेठो छोरोको मत्यु । उनले बिहेको झण्डै तीन वर्षपछि आफ्नो जेठो सन्तान गुमाएका थिए ।
उनले बलिउडमा थुप्रै चर्चित चलचित्रहरुमा अभिनय गरेका छन्। उनका अहिले अर्का एक छोरा छन जो कलाकारीतामा नैं संलग्न रहेका छन ।
मिटुको असरले गर्दा अहिले नाना काम विहिनजस्तैं भएका छन । उनलाई बलिउडमा कसैंले पनि याद गर्न चाहेको देखिएको छैंन । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?