जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली

सारांश

  • काठमाडाै, १८ साउन।
  • जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले जापान पठाउने नाममा कन्सलटेन्सीहरुले गरिरहेको ठगीधन्दा रोक्न नेपाल सरकारसँग माग गरेका छन्।
  • नेपाल जापान विद्यार्थी समाजका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले कन्सलट्यान्सीहरुले झूटा आश्वासन बाँडेर विद्यार्थीसंग ‘सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली गरिरहेको गुनासो गरेका छन् ।

काठमाडाै, १८ साउन। जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुले जापान पठाउने नाममा कन्सलटेन्सीहरुले गरिरहेको ठगीधन्दा रोक्न नेपाल सरकारसँग माग गरेका छन्। नेपाल जापान विद्यार्थी समाजका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले कन्सलट्यान्सीहरुले झूटा आश्वासन बाँडेर विद्यार्थीसंग ‘सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली गरिरहेको गुनासो गरेका छन् ।

विद्यार्थीहरुले कन्सल्ट्यान्सीहरुको प्रभावकारी अनुगमन गर्न र नियम विपरित रकम असुल गर्नेलाई कार्वाही गर्न समेत माग गरेका छन् । भिसा नपाउने विद्यार्थीले भिसा प्रक्रिया शुरु हुनअघि नै कलेजलाई बुझाएको पैसा फिर्ता पाउने प्रक्रिया लामो र झन्झटिलो रहेको भन्दै त्यसलाई सहज गर्ने व्यवस्था मिलाउन पनि उनीहरुले माग गरेका छन् । समाजका तर्फबाट प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा जापानमा मृत्यु भएका नेपालीहरुको शव नेपाल ल्याउनका लागि रु १५ लाख खर्च गर्नुपर्ने वाध्यात्मक व्यवस्था हटाई निःशुल्क बनाउन पनि माग गरिएको छ ।

विद्यार्थीको माग प्रति सरकारको ध्यानआकर्षण भएको र जायज मागलाई सरकारले छिटै समाधान गर्ने प्रधानमन्त्री ओलीले बताएको समाजका महासचिव कृष्ण भुसालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?