उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
उपचार गराउन विदेश जान लागेका नेतालाई नाइजेरियन जनताले कुटे

सारांश

  • आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई जनताले कुटेका छन् ।
  • स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि कुटपिट गरिएको हो ।
  • जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि कुटपिट गरेका हुन् ।

आफ्नै देशमा सुविधा सम्पन्न अस्पताल बनाउनुको साटो आफ्नो उपचार गराउन विदेश गएको भन्दै नाइजेरिन नेतालाई जनताले कुटेका छन् ।

स्वास्थ्य उपचारको लागि जर्मन गएका संसदका पूर्व उप प्रमुखमाथि कुटपिट गरिएको हो ।

जर्मनमा बस्ने नाइजेरियन नागरिकहरूले संसदका पूर्व उपप्रमुख इके एकवेरेमाडूमाथि कुटपिट गरेका हुन् ।

उपचारसँगै जर्मनमा रहेका आफ्ना देशका नागरिकसँग भेटघाट गर्न जर्मन पुगेका उपप्रमुखलाई ‘तलाई लाज लाग्दैन्, आफ्नो देश फर्केर अस्पताल बना’ भन्दै विमानस्थलमै कुटपिट गरेका हुन् ।

उक्त आक्रमणपछि राजनीति दलका नेताहरूलाई विदेश भ्रमणमा जाँदा सचेत रहन नाइजेरिया सरकारले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?