प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस
सारांश
- काठमाडौं, ७ भदौ ।
- प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस भएको छ ।
- संवैधानिक परिषदको आज बसेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
काठमाडौं, ७ भदौ । प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रको नाम सिफारिस भएको छ । संवैधानिक परिषदको आज बसेको बैठकले मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका हालका कायममुकायम प्रधानन्यायाधीश मिश्रको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो । यसअघि परिषदले प्रधानन्यायाधीशमा ३ जना न्यायाधीशको नाम सिफारिस गर्दा मिश्र दोस्रो नम्बरमा थिए । पहिलो नम्बरमा सिफारिस भएका दीपकराज जोशीको नाम संसदीय समितिबाट अस्वीकृत भएको थियो ।
संवैधानिक परिषद्को बैठकले पहिलो दोस्रो नम्बरमा रहेका मिश्रको नाम सिफारिस गरेको हो । प्रधानमन्त्री कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे र कानुनमन्त्री भानुभक्त ढकाल सहभागी थिए ।
प्रतिक्रिया