ठगीबाट बच्न एनसेलको सन्देश

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
२० पटक हेरिएको
Shares
ठगीबाट बच्न एनसेलको सन्देश

सारांश

  • काठमाडौं ।
  • एनसेलले अपरिचित विदेशी नम्बरबाट आउने मिस्डकलमा कल नगर्न आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ।
  • यस्ता नम्बरहरुमा ठगीको नियत रहेको पाइएको भन्दै कल नगर्न र सचेत रहन सूचित गरेको हो ।

काठमाडौं । एनसेलले अपरिचित विदेशी नम्बरबाट आउने मिस्डकलमा कल नगर्न आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ। यस्ता नम्बरहरुमा ठगीको नियत रहेको पाइएको भन्दै कल नगर्न र सचेत रहन सूचित गरेको हो ।एनसेलले अहिले आफ्ना हरेक सेवाग्राहीको नम्बरमा सचेतनाका लागि एउटा सन्देश पठाउन थालेको छ । सन्देसमा लेखिएको छ, ‘अपरिचित विदेशी नम्बरहरुबाट आएका मिस्डकलहरुमा ठगीको नियत रहेको पाइएकाले त्यस्ता नम्बरहरुमा कल नगर्न र सचेत रहन सूचित गरिन्छ ।’

विदेशबाट कल आउने नम्बरहरुले तपाइका नाममा चिट्ठा परेको छ भन्दै आईएमीमार्फत केही शुल्क पठाए चेक दिने बाहानामा ठग्दै गरेको एनसेलको भनाइ छ । एनसेलका ग्राहक प्रतिनिधि अनशा गिरी भन्छिन्, ‘विभिन्न अपरिचीत विदेशी नम्बरहरुबाट आउने कलहरुले तपाइको नाममा चिट्ठा परेको छ। र त्यसको चेक पाउन आईएमईबाट पैसा पठाउनुस् भन्दै ठग्ने गरेका छन् । यसकै सचेतताका लागि हामीले एसएमएस पठाएक हौं ।’

उनी अगाडि थप्छिन्, ‘कलमा मात्रै नभएर भाइबर, इमो, ह्वाट्सएप जस्ता एपहरुमासमेत ठगीका म्यासेजहरु आउने गरेका छन् । त्यस्ता म्यासेजमा प्रतिक्रिया नदिन सेवाग्राहीलाई सचेतना दिइरहेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?