उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०८०
|
|
४१ पटक हेरिएको
Shares
उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु

सारांश

  • काठमाडौँ ।
  • देशभरका उच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली प्रारम्भ भएको छ ।
  • प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालत पाटनबाट देशभरका उच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली प्रारम्भ गरेका हुन् ।

काठमाडौँ । देशभरका उच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली प्रारम्भ भएको छ । प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालत पाटनबाट देशभरका उच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली प्रारम्भ गरेका हुन् ।

उच्च अदालत सात प्रदेशमा सात वटा र अस्थायी इजलास गरी १८ वटा रहेका छन् । ती सबै अदालतमा आजदेखि उक्त प्रणालीबाट पेसी तारेख ताकिनेछ । प्रधानन्याधीश श्रेष्ठले अदालतलाई पूर्णरुपमा प्रविधिमन्त्री बनाउँदा सहजरुपमा सेवाग्राहीले काम गर्न पाउने र सेवामा गुणस्तरीय, पारदर्शिता र विश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् ।

“सर्वोच्च अदालतमा प्रारम्भ गरेर सफल भएपछि उच्च अदालतमा लिइने पेसी तारिक पनि स्वचालित मेसिनबाट गर्ने प्रणाली सुरु गरेका हाँै”, श्रेष्ठले भने, “यसप्रति सबैको विश्वास गुणस्तरीयता, पारदर्शिता र विश्वास हुन्छ । यो भनसुनका भरका आग्रह गरेर हुने छैन, न्यायिक इतिहासमा पहिलो पटक उच्च अदालतमा यो प्रणाली प्रारम्भ गरिएको हो ।” उनले सर्वोच्च अदालतकै सूचना प्रविधि महाशाखामा भएको जनशक्तिबाट यो प्रणाली सम्भव भएको भन्दै आगामी दिनमा जिल्ला अदालतमा सुरु गर्नका लागि अध्ययन भइरहेको जानकारी दिए ।

“यो प्रणालीबाट पेसी तारिक तोक्दा भेदभाव हुँदैन, अदालत र बार मिलेर गर्नुपर्ने काम प्रभावकारी रुपमा हुन्छ”, प्रधानन्याधीश श्रेष्ठले थपे, “निकट भविष्यमा सर्वोच्च अदालतमा आफ्नै ल फमबाटै मुद्दा दर्ता गर्न सक्ने प्रणाली व्यवस्था गर्न अध्ययन गरिरहेका छौँ । यो काम अन्तिम चरणमा पुगेको छ ।” तारिख लिने कामका लागि अदालत जानु नपर्ने व्यवस्था गर्ने तयारी भइरहेको जनाउँदै उनले सर्वोच्च, उच्च अदालतमा पनि अनलाईनबाट सुनुवाइ गर्ने व्यवस्था भइरहेको बताए ।

बाँकी उच्च, विशेष र श्रम अदालत तथा वैदेशिक रोजगार न्यायाधीकरणमा पनि अनलाईन सुनुवाइ गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको प्रधानन्याधीश श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अनुपाको टाउको र घाँटीको छर्रा निकालियो
अनुपाको टाउको र घाँटीको छर्रा निकालियो
निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
निशाना छापमा नेपालको गलत नक्सा सच्चाउन वेवास्ता
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
‘सार्क र बिम्स्टेक मुलुकको आर्थिक, सामाजिक विकासका लागि महत्वपूर्ण’ : प्रम ओली
धुम्बाराहीमा नेकपाका ५ जना सचिवालय सदस्यहरुको बैठक सुरु
धुम्बाराहीमा नेकपाका ५ जना सचिवालय सदस्यहरुको बैठक सुरु
मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी
मन्त्रिपरिषद बैठक बस्दै, विशेष राहत प्याकेज घोषणा गर्ने तयारी
बाटोभन्दा १२ गुणा बढी गाडी गुड्छन्, उपत्यकामा ११ लाख सवारी
बाटोभन्दा १२ गुणा बढी गाडी गुड्छन्, उपत्यकामा ११ लाख सवारी
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
उच्च अदालतका नवनियुक्त ३९ न्यायाधीशले लिए शपथ
भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला
भाग्यपरिक्षणमा एमालेले मार्यो बाजि ,चिठ्ठाबाट वडा अध्यक्षको मत फैसला
तिवारी हत्या काण्डका हत्यारा र हत्याका कारण पर्दाफास
तिवारी हत्या काण्डका हत्यारा र हत्याका कारण पर्दाफास
प्रधानमन्त्री ओलीविरुद्ध संसदमै यसरी खनिए माधव नेपाल
प्रधानमन्त्री ओलीविरुद्ध संसदमै यसरी खनिए माधव नेपाल