सहमतिको सेक्स कसरी हुन्छ रेप ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ११, २०७६
|
|
२४ पटक हेरिएको
Shares
सहमतिको सेक्स कसरी हुन्छ रेप ?

सारांश

  • करिब चार वर्ष प्रेम सम्बन्धमा रहेका एक युवक अहिले अदालतको चक्कर काट्दैछन् ।
  • काभ्रेका २३ वर्षीय राहुल (नाम परिर्वनत) र रामेछापकी २२ वर्षीया निशा (नाम परिर्वतन) चार वर्षसम्म माया प्रेममा रमाए ।
  • उनीहरुबीचको सम्बन्धमा बाकीँ केही रहेन, सबै भयो ।

करिब चार वर्ष प्रेम सम्बन्धमा रहेका एक युवक अहिले अदालतको चक्कर काट्दैछन् । काभ्रेका २३ वर्षीय राहुल (नाम परिर्वनत) र रामेछापकी २२ वर्षीया निशा (नाम परिर्वतन) चार वर्षसम्म माया प्रेममा रमाए । उनीहरुबीचको सम्बन्धमा बाकीँ केही रहेन, सबै भयो ।

तर करिब तीन साता अगाडी त्यो प्रेम कहानीले अर्कै रुप लियो । परिवारको आग्रहमा राहुलले विदेशममा बस्दै आएकी एक युवतीसँग विवाह गरे ।

त्यसपछि प्रेमिका निशाले आफूलाई प्रलोभनमा पारेर यौन शोषण गरेको भन्दै महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिइन् । निशाले प्रहरीमा दिएको उजुरी अनुसार आफूलाई विवाह गर्छु भन्दै प्रलोभनमा पारेर पटक –पटक शारीरिक सम्बन्ध राख्दै आएको आरोप लगाएकी छिन् ।

यसरी प्रेममा धोका भएपछि पनि प्रहरीमा आएर यौन शोषण, बलात्कार, जबरजस्ती करणीको आरोप लगाउँदै उजुरी दिन आउनेको संख्यामा वृद्धि भएको देखिन्छ । अर्को घटना, श्रीमानको यौन यातना सहन नसकेको भन्दै एक महिला केही समय अगाडी भक्तपुर प्रहरीमा पुगिन् ।

पोर्न फिल्मको लत लागेका उनका ४० वर्षका श्रीमानको दैनिक व्यवहारले ३४ वर्षकी ती महिला आजित भइन् । प्रहरीका अनुसार पारिवारीक हिसाबले निकै उच्च वर्गका उनीहरुको जीवन ४ वर्ष यताको अवस्था श्रीमतीले वर्णन गर्दा निकै दुःखद थियो ।

विवाह गरेको १३ वर्ष पुगेका ती जोडीको ११ वर्षका छोरा छन् । तर श्रीमानको बानी भने महिलाले सहन नसक्ने थियो । ४ वर्षसम्म घर परिवार र बच्चाको लागि सहदै आएकी उनले अन्ततः उजुरी गर्न बाध्य भइन् ।

महिलाले प्रहरीलाई भनेकी छिन्, ‘दैनिक हात खुट्टा बाँधेर सात पटकसम्म शारीरिक सम्बन्ध राख्नु पर्ने श्रीमान्को त्यो अपराध मैले सहन सकिनँ ।’

श्रीमतीलाई पशुतुल्य गरेर शारीरिक सम्बन्ध राख्ने ती पुरुषको खराब बानी सुनेर आफन्त र छिमेकका सबैजना चकित परे । अर्को घटनामा रामेछाप घर भइ हाल भक्तपुर बस्दै आएका एक बिवाहीत जोडीको विवाहउत्तर सम्बन्धले निम्त्याएको संकट छ ।

श्रीमान् श्रीमतीमाथि शंका गर्ने गर्दै आएका थिए । तर एक दिन श्रीमतीले असारमा श्रीमानले आफुलाई जबरजस्ती करणी गरेको भन्दै साउनको अन्तिम साता उजुरी दिइन् ।

महिलाको उजुरी अनुसारले प्रहरीले उनका श्रीमानलाई पक्राउ गर्यो । तर अनुसन्धानको क्रममा उनीहरुको दुवै जनाको विवाहइत्तर सम्बन्ध रहेको खुलासा भयो । तेस्रो व्यक्तिको प्रवेश त्यो घटनामा भएपछि महिलाले श्रीमानलाई जबरजस्ती करणी गरेको आरोप लगाइन् ।

प्रहरीका अनुसार घटनाको अन्तिमसम्म अनुसन्धान गर्दै जादाँ कतिपयमा महिलाको कमजोरी भेटिएपछि उनीहरुले अदालतमा गएर बयान फेर्ने गरेका छन् । माइती जान्छु भनेर घरबाट निस्केकी एक महिला प्रेमीसँग भक्तपुरको सल्लाघारीमा रहेको एक होटलमा रात बसिन् । उनी माइती नपुगेको श्रीमानले थाहा पाएपछि श्रीमतीले घटनालाई अर्कै मोड दिइन् ।

श्रीमान् र घर परिवारले थाहा पाएपछि उनले रातसँगै बसेको पुरुषले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिइन् । त्यसपछि प्रहरीले ती पुरुषलाई नियन्त्रमा लियो । तर अदालत पुगेपछि महिलाले यस्तो बयान दिइन् जुन बयानपछि अदालतले समेत प्रहरीलाई चेतावनी दियो ।

महिलाले ती पुरुषसंग आफूले राजीखुसी यौन सम्बन्ध राखेको र प्रहरीले उजुरीमा के लेखेको थाहा नभएको दाबी गरिन् । पहिला बलात्कार गर्यो भन्ने महिलाले पछि किन त्यस्तो गरिन् प्रहरी आफै अन्योलमा पर्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?