आज १५४ औं मोती जयन्ती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३३ पटक हेरिएको
Shares
आज १५४ औं मोती जयन्ती

सारांश

  • नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको १५४ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।
  • राष्ट्रिय विभूति समेत रहेका भट्टको जन्म १ सय ५३ वर्ष पहिले विसं १९२३ भाद्र कृष्ण औशी अर्थात कुशे औँशीकै दिन काठमाडौंको भोसिको टोलमा भएको थियो ।
  • नेपाली साहित्यका प्रणेता भट्ट तीस वर्षकै अल्पायुमा अस्ताए पनि गजल साहित्यका क्षेत्रमा उनको योगदानको कदर स्परुप कथा, नाटक र निबन्ध र रचनाका माध्ययबाट आज नेपाली सृष्टाले उनलाई सम्झदै आएका छन ।

नेपाली साहित्यका विशिष्ट व्यक्तित्व मोतीराम भट्टको १५४ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । राष्ट्रिय विभूति समेत रहेका भट्टको जन्म १ सय ५३ वर्ष पहिले विसं १९२३ भाद्र कृष्ण औशी अर्थात कुशे औँशीकै दिन काठमाडौंको भोसिको टोलमा भएको थियो ।

नेपाली साहित्यका प्रणेता भट्ट तीस वर्षकै अल्पायुमा अस्ताए पनि गजल साहित्यका क्षेत्रमा उनको योगदानको कदर स्परुप कथा, नाटक र निबन्ध र रचनाका माध्ययबाट आज नेपाली सृष्टाले उनलाई सम्झदै आएका छन ।

थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए । भानुभक्तका फुटकर कविता र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर नगरेको भए शायद आज भानुभक्तका सबै कृतीहरु हामीमाझ हुने थिएनन् । भानुभक्तको जिवनी पनि मोतीरामले नै लेखेका हुन् ।

दरबार हाइस्कूलमा राणा खान्दानकाबिच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये मोतिराम ६ बर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्यन गरेको पाइन्छ जसको फलस्वरूप् उनी उर्दू भाषाका नाटक समेत उनले योगदान पु¥याउन सफल रहे ।

भारत बसाईको क्रममा उनले साहित्यसंगै नेपाली पत्रकारिताको पनि सुरुवात गरेका थिए । बिक्रम सम्बत १९४५मा बनारसबाटै नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशन तथा व्यवस्थापन गर्नमा उनको अतुलनिय योगदान रहेको मानिन्छ ।

मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायत उनका कृतिहरु आज पनि उत्तिकै उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला बेला अग्रज साहित्यकारले गरिरहेकोे पाईन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?