सीमा स्तम्भ बनाउन ५ वर्ष लाग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ ८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सीमा स्तम्भ बनाउन ५ वर्ष लाग्ने

सारांश

  • काठमाडौं, ८ माघ – नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैंका लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण सीमा स्तम्भ निर्माण गरिसक्ने भएको छ ।
  • नेपाल भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल् ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहने आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले खबर लेखेका छन् ।
  • ‘नेपाल भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भैसकेको छ ।

काठमाडौं, ८ माघ – नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैंका लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण सीमा स्तम्भ निर्माण गरिसक्ने भएको छ ।
नेपाल भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल् ८ हजार ५ सय ५३ सीमा स्तम्भ रहने आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले खबर लेखेका छन् ।

‘नेपाल भारत सीमामा रहने कुल ८ हजार ५ सय ५३ सीमा स्तम्भमध्ये ६ हजार ६ सय ३ वटा निर्माण भैसकेको छ । अब २ हजारभन्दा बढी सीमा स्तम्भ निर्माण गर्न बाँकी छ,’ नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले भने, ‘हामीले आगामी ५ वर्षभित्र सीमा स्तम्भ निर्माण गर्ने लक्ष्य लिएका छौं ।’

सन् १८१६ को सुगौली सन्धि, सोही वर्षको पुरक सन्धि, सन् १८६० र १८७५ लगायतका सन्धि सम्झौताका आधारमा नेपाल र भारतबीचको अन्तराष्ट्रिय सीमा निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?