आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छ : मन्त्री बस्नेत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०८०
|
|
४४ पटक हेरिएको
Shares
आयुर्वेद क्षेत्रमा अथाह सम्भावना छ : मन्त्री बस्नेत

सारांश

  • काठमाडौँ ।
  • स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको हिमाली जडीबुटीबाट निर्मित औषधिलाई विश्वमा ब्राण्ड गरी लाभ लिन सकिने बताएक छन् ।
  • नेपाल आयुर्वेद चिकित्सक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आयुर्वेद क्षेत्र बहुआयामिक भएको र यसको सदुपयोगले मुलुक समृद्धिमा योगदान पुग्ने उल्लेख गरे ।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको हिमाली जडीबुटीबाट निर्मित औषधिलाई विश्वमा ब्राण्ड गरी लाभ लिन सकिने बताएक छन् ।

नेपाल आयुर्वेद चिकित्सक सङ्घको २६औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले आयुर्वेद क्षेत्र बहुआयामिक भएको र यसको सदुपयोगले मुलुक समृद्धिमा योगदान पुग्ने उल्लेख गरे ।

मन्त्री बस्नेतले आयुर्वेद क्षेत्रमा अथाह सम्भावना रहेको र यसको बृहत् विकासका लागि कार्ययोजना ल्याउन निर्देशन दिँदै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्राकृतिक चिकित्सा विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको र प्राकृतिक चिकित्सा प्रणालीको विकासले निरोगी समाज बन्न सहज हुने भएकाले यसलाई मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवाली, सङ्घका अध्यक्ष डा श्यामबाबु यादव, वरिष्ठ उपाध्यक्ष डा शङ्कर गौतमलगायतले आयुर्वेद क्षेत्रको महत्त्वका बारेमा चर्चा गर्दै यसको प्रयोग बढाउने सम्बन्धमा विभिन्न सुझाव दिएका थिए ।

(mva.la)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?