टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
टाइगर श्राफको प्रेम सम्बन्धबारे बहिनी कृष्णाले गरिन् सनसनीपूर्ण खुलासा

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेता टाइगर श्राफको नाम अभिनेत्री दिशा पाटनीसँग जोडिइरहन्छ ।
  • उनीहरुबीच प्रेम सम्बन्ध रहेको विश्वस गरिन्छ ।

एजेन्सी। बलिउड अभिनेता टाइगर श्राफको नाम अभिनेत्री दिशा पाटनीसँग जोडिइरहन्छ । उनीहरुबीच प्रेम सम्बन्ध रहेको विश्वस गरिन्छ । उनीहरु डिनर र फिल्मका लागि अक्सर साथमा बाहिर निस्केको देख्न सकिन्छ । अहिलेसम्म यी दुवैले आफूहरुको सम्बन्ध भने स्वीकार गरेका छैनन् । अहिले टाइगरकी बहिनी कृष्णा श्राफले यी दुईको सम्बन्धबारे सनसनीपूर्ण खुलासा गरेकी छिन् ।

कृष्णाले करोडौं फ्यानको बुझाइविपरित टाइगर र दिशाबीच प्रेम सम्बन्ध नभएको बताइन् । उनले टाइगरको दिशासँग मात्र होइन कुनै पनि युवतीसँग प्रेम सम्बन्ध नभएको दावी गरिन् । कृष्णाले ‘नथिङ टु हाइड’ नामक च्याट शोमा कुरा गर्दै टाइगर शत प्रतिशत सिंगल भएको बताइन् । कृष्णाले कुराकानीको क्रममा आफूले दिशा पाटनी र आदित्य रोय कपुरलाई जोडीको रुपमा देख्न चाहेको बताइन् । उनले आफू कहिल्यै झुट नबोल्ने समेत दावी गरिन् ।

हालै सामाजिक संजालमा भएको प्रश्नोत्तरमा एक युजरले टाइगरसँग के उनी दिशासँग डेट गरिरहेका छन् रु भनेर सोध्दा टाइगरले ‘मेरो औकात छैन’ भनेर जवाफ दिएका थिए । केही समय पहिले दिशाले पनि यस विषयमा प्रतिक्रिया दिएकी थिइन् । उनले आफूले टाइगरलाई प्रभावित गर्ने प्रयास गरेको भए पनि यो प्रयासमा आफू असफल भएको बताएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?