प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ।
- बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाँदैछन्। प्रधानमन्त्रीको भ्रमण दलमा ३९ जना सरकारी अधिकारी र ४८ जना निजी क्षेत्रका व्यक्ति सहभागी हुनेछन्।
त्यसअघि उनको चीन भ्रमणको तयारीका लागि आज परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन गएकी छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया