विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेपछि राजेन्द्र महतोको कडा चेतावनी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २८, २०७६
|
|
२४ पटक हेरिएको
Shares
विमानस्थलमा तोडफोड गर्ने सांसद प्रमोद साह पक्राउ परेपछि राजेन्द्र महतोको कडा चेतावनी

सारांश

  • राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ परेपछि राजपाभित्र खैलाबैला मच्चिएको छ ।
  • आफ्ना सांसद पक्राउ परेपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कडा जवाफ दिने चेतावनी दिएका छन् ।
  • ‘अन्यायको विरोधमा बोल्ने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने ?

राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साह पक्राउ परेपछि राजपाभित्र खैलाबैला मच्चिएको छ । आफ्ना सांसद पक्राउ परेपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले कडा जवाफ दिने चेतावनी दिएका छन् । ‘अन्यायको विरोधमा बोल्ने र टेबुल ठटाउनेलाई पक्राउ गर्ने ?’ महतोले भने, ‘यो सरकार निरंकुश बन्दैछ ।’

राजपाले सांसद साहलाई तत्काल रिहा नगरे कडा कदम चाल्ने चेतावनी समेत दिएको छ । महतोले साहको रिहाई नभए विरोधका कार्यक्रम गरिने बताए । विपक्षीप्रति वर्तमान सरकार नकारात्मक बन्दै गएकोले सचेत हुनुपर्ने बेला आएको महतोले बताए । यसअघि मंगलबार सांसद साहलाई त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाट पक्राउ गरिएको हो ।

महानगरीय अपराध महाशाखाले उनलाई पक्राउ गरी जनकपुर पठाउँदैछ । जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । पक्राउ पूर्जी बनेकाले उनलाई घटना घटेको जिल्लामा पाइने भएको छ । साहले साँढे ११ बजे उड्नुपर्ने विमान दुई घन्टा ढिलो हुँदा भीआइपी कक्षमा सुविधा नदिएको भन्दै बुद्ध एयरको विमानस्थलस्थित कार्यालयमा तोडफोड गरेका थिए । उनले कम्युटर समेत फुटाएका थिए ।

साह पक्राउ परेको अपराध महाशाखाका एसएपी सहकुल थापाले जानकारी दिए । उनलाई हिरासतमा राख्न जनकपुरमा प्रहरीको टोली तयारी अवस्थामा बसिसकेको बुझिएको छ । धनुषा प्रहरीका अनुसार उनीमाथि तोडफोड र अभद्र व्यवहार गरेको आधारमा कारबाही हुनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?