झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
झगडामा भाइले दाजुको दुवै हात छिनालेपछि…

सारांश

  • काठमाडौं ।
  • खोटाङमा पारिवारिक झगडामा एकजनाले आफ्नै दाजुको दुवै हात छिनाएका छन् ।
  • केपीलासगढी गाउँपालिका ७ सुंदेलका २२ वर्षीय बालकुमार राईले हात छिनाएका हुन् ।

काठमाडौं । खोटाङमा पारिवारिक झगडामा एकजनाले आफ्नै दाजुको दुवै हात छिनाएका छन् । केपीलासगढी गाउँपालिका ७ सुंदेलका २२ वर्षीय बालकुमार राईले हात छिनाएका हुन् ।

बिहीबार राति दाजुभाइबीच पारिवारिक झगडा हुँदा खुकुरी हानेर २५ वर्षीय दाजु अष्टबहादुर राईको दुवै हात छिनालेर भागेका थिए । भागेका बालकुमारलाई प्रहरीले पक्राउ गरेको छ।

घरदेखि माथिको जंगलमा लुकेर बसेका उनलाई बाक्सिला प्रहरी चौकीबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताएका छन्।

प्रहरीका अनुसार घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?