अवैध लागुऔषधसहित एक जना पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, २४ साउन।
  • महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
  • प्रभागबाट खटिएको टोलीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौँ, २४ साउन। महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले अवैध लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले आज बिहान नागढुङ्गामा जाँचका क्रममा काठमाडौँका ३७ वर्षीय राजीव गुरुङलाई पक्राउ गरेको हो । प्रभागका प्रहरी निरीक्षक केशवराज भट्टले दाङबाट काठमाडौँ आउँदै गरेको ना६ख ७९१० नंको बसमा गुरुङलाई लागुऔषधसहित पक्राउ गरेको जानकारी दिए । गुरुङसँग प्रहरीले १०० एम्पुल डाइजेपाम, १०१ एम्पुल नुर्फिन र १०० एम्पुल फेनार्गन बरामद गरेको छ ।

काठमाडौँ महानगरपालिका –१५ स्वयम्भू अन्नपूर्ण चोकबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले अवैध रुपमा लागुऔषध बोकेर हिँडिरहेको अवस्थामा दोलखाका २३ वर्षीय बादल श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरेको हो । श्रेष्ठसँग ३४ एम्पुल नुर्फिन, ३४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनार्गन बरामद गरेको छ । पक्राउ परेका दुवै जनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?