तुइन हटाएर झोलुङ्गे पुल निर्माण

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १५, २०७६
|
|
२१ पटक हेरिएको
Shares
तुइन हटाएर झोलुङ्गे पुल निर्माण

सारांश

  • तनहँुमा सञ्चालित आठवटै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ ।
  • जोखिमपूर्ण यात्राको रुपमा लिइने तुइन विस्थापित गरी त्यस क्षेत्रमा झोलुङ्गेपुल निर्माण गरिएको हो ।
  •  तनहँुमा जिल्ला प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गरेको जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

तनहँुमा सञ्चालित आठवटै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ । जोखिमपूर्ण यात्राको रुपमा लिइने तुइन विस्थापित गरी त्यस क्षेत्रमा झोलुङ्गेपुल निर्माण गरिएको हो । तनहँुमा जिल्ला प्राविधिक कार्यालय र गैरसरकारी संस्था समन्वय समितिले तुइन विस्थापित गरी उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गरेको जिल्ला समन्वय समिति तनहँुका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो ।

गैरसरकारी संस्था समन्वय समितिलाई तुइन विस्थापित गर्न ‘प्राक्टिल एक्सन’ नामक संस्थाले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । एक सय २० मिटरभन्दा लामो झोलुङ्गे पुलको काम तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन र १२० मिटरभन्दा छोटो दूरीका झोलुङ्गे पुलको काम सम्बन्धित जिल्ला विकास समितिमार्फत निर्माण गरिएको थियो ।

जिल्लाको बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ जोड्ने खहरेस्थित सेती नदीमाथिसमेत झोलुङ्गेपुल केही समय अघि निर्माण गरिएको छ । तुइन विस्थापित भएपछि सर्वसाधारणले जोखिमयात्रा गर्नबाट छुटकारा पाएको गैसस समन्वय समितिका महासचिव राजेश्वर हड्खलेले बताउनुभयो ।

तनहुँमा देवघाट गाउँपालिकाको बगन्दी र नवलपुर जोड्ने कालीगण्डकी नदी सोही गाउँपालिकाको कोटा र नवलपुर जिल्ला जोड्ने कालीगण्डकी नदी माथि झोलुङ्गे पुल निर्माण गरिएको छ । उहाँले भन्नुभयो, “देवघाटकै गरम नरम र नवलपुरको बुलिमराङ जोड्ने कालिगण्डकी नदीमा तथा व्यास नगरपालिका–१३ र रिसिङ गाउँपालिकाको सोलुङघाट जोड्ने सेती मादी नदीमा तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गरिएको छ ।”

त्यस्तै देवघाट गाउँपालिका–४ र चितवन जिल्लाको भरतपुर महानगरपालिकास्थित मुग्लिङ नारायणखण्ड जोड्ने स्थानमा र शुक्लागण्डकी नगरपालिकाको झरौटा र ढोरफिर्दी जोड्ने सेती नदीमा पनि जिल्ला प्राविधिक कार्यालयले तुइन हटाई झोलुङ्गे पुल निर्माण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
देशकै ठूलो परियोजना सुरु हुँदै, माथिल्लो अरुणमा जुट्यो ५३ अर्ब
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
एमालेमा प्रचण्ड गुट : प्रचण्डलाई चाहनेहरूको संख्या बढ्दो
२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि
२४ घन्टामा १ हजार १४ जनामा संक्रमण पुष्टि
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
गणतन्त्र पक्षधरसँग तालमेल गर्न सकिने– अध्यक्ष केसी
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
अब काठमाडौँ उपत्यकामा अपरिचितलाई रोक, नौलो मान्छे आए प्रहरीलाई खबर गर्न निर्देशन
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
WTF Wednesday: How can you not remember Yeh Rishta Kya Kehlata Hai, Hina Khan?
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)
नतिजा आउने गरी काम गर्न मन्त्रीको निर्देशन
नतिजा आउने गरी काम गर्न मन्त्रीको निर्देशन

तपाईंले छुटाउनुभयो कि?