सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ३१, २०७८
|
|
२० पटक हेरिएको
Shares
सिंहदरबारमा भएको गठबन्धन बैठकमा माधव नेपाल अनुपस्थित

सारांश

  • नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बसेको छ ।
  • सिंहदरबारमा बसेको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित् भएन ।
  • नेता नेपालले यसअघि ने आफू यो गठबन्धनमा नरहने घोषणा गरिसकेका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपाको उपेन्द्र यादव पक्ष र जनमोर्चा सम्मिलित गठबन्धनको बैठक बसेको छ । सिंहदरबारमा बसेको बैठकमा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्ष भने उपस्थित् भएन । नेता नेपालले यसअघि ने आफू यो गठबन्धनमा नरहने घोषणा गरिसकेका छन् ।

माधव नेपाल पक्षधर सांसदहरुकै समर्थनमा शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपतिसमक्ष सपथसमेत लिएका छन् । गठबन्धनको आजको बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा र महामन्त्री पूर्ण बहादुर खड्का, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, जसपाबाट अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ र जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?