सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सरकारले तोक्यो धानको मूल्य, यस्ता छन् अन्य निर्णय …

सारांश

  • काठमाडौँ ।
  • सरकारले धानको मूल्य तोकेको छ ।
  • बुधबार साँझ बसेको मन्त्रिपरिषद वैठकले किसानको बर्खे धान भित्र्याउने बेला हुँदै गर्दा मूल्य तोकेको हो ।

काठमाडौँ । सरकारले धानको मूल्य तोकेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद वैठकले किसानको बर्खे धान भित्र्याउने बेला हुँदै गर्दा मूल्य तोकेको हो । आव २०७५/०७६ का लागि बर्खे धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । मोटा धानको प्रतिक्विन्टल २ हजार ३३१ रुपैयाँ र मध्यम धानको २ हजार ४६० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी बैठकले पोखरा लेखनाथ नगरपालिकाको नाम परिवर्तन गरी पोखरा महानगरपालिका कायम गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद वैठकले मौलिक हकअन्तर्गत विभिन्न विधेयक संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

बुधबारको मन्त्रिपरिषद् बैठकले आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सामाजिक सुरक्षासम्बन्धी विधेयक र अपराधबाट पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

त्यसैगरी जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्ने निर्णय बैठकले गरेको बताए ।

बैठकले साविकको राष्ट्रिय दलित आयोगको सचिवालयबाट हुँदै आएको जातीय प्रमाणपत्र वितरण र जातीय सिफारिशको कार्य अब तद्तद् व्यक्तिको सम्बन्धित गाउँ, नगर तथा उपमहानगरपालिका वा महानगरपालिकाको वडा कार्यालयबाट उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?