पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
पृथ्वीनारायणको शालिकमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा  माल्यार्पण (हेर्नुहोस् ७ तस्बिरमा)

सारांश

  • काठमाडौं, पुस २७ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन ।
  • २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन ।

काठमाडौं, पुस २७ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन ।

२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै ।

यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्दले शाहको माल्यार्पण गरेका थिए ।

त्यस्तै प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरुले शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै ।

विस २०६३ देखि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले विदा दिन कटौती गरे पनि यो वर्षदेखि सार्वजनिक विदा दिन शुरु गरेपछि उक्त दिवस भव्यताका साथ मनाउन थालिएको हो ।

२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक ।
उपप्रधानमन्त्री कमल थापाले २९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुहुँदै ।
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक ।
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा बिहीबार सिंहदरबारको पश्चिम गेटअगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुक ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?