क्यान्सरको उपचार धनी र गरिबलाई एउटै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २३, २०७४
|
|
२९ पटक हेरिएको
Shares
क्यान्सरको उपचार धनी र गरिबलाई एउटै

सारांश

  • अब अस्पताल र डाक्टरले आफूखुसी औषधि चलाउन नपाउने – क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ ।
  • उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो ।
  • केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ ।

अब अस्पताल र डाक्टरले आफूखुसी औषधि चलाउन नपाउने –

क्यान्सरका बिरामीको उपचारमा एकरूपता ल्याउन सरकारले क्यान्सर कार्यविधि लागू गरेको छ । उपचारमा एकरूपता नभएपछि सरकारले एकै प्रकारको उपचार विधि अपनाउन क्यान्सर उपचार प्रोटोकल (कार्यविधि) लागू गरेको हो ।

केही दिनअघि मात्रै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले देशभरका अस्पतालमा कार्यविधि पठाएको छ । विभागका निर्देशक डा. भीमसिंह तिंकरीले देशभरका अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन तयार गरेको क्यान्सर उपचार कार्यविधि पठाइएको बताए । उनका अनुसार उक्त कार्यविधिले गरिब, विपन्न वर्गका बिरामीलाई ठूलो राहत पुग्नेछ । अब क्यान्सरका बिरामीको उपचार गर्दा चिकित्सकहरूले आफूअनुकूल औषधि चलाउन पाउनेछैनन् । तिंकरीले भने, ‘स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा क्यान्सरको उपचारमा एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि लागू भएसँगै बिरामीले सस्तोमा एकै प्रकारको उपचार सेवा पाउनेछन् ।’

सुरुमै रेडियोथेरापी लिनुनपर्ने
तिंकरीका अनुसार अब क्यान्सर उपचार हुने सबै अस्पतालमा बिरामीले विगतमा जस्तो एकैपटक महँगो शल्यक्रिया, औषधि र रेडियोथेरापी लिनुपर्दैन । बिरामीले जुन अस्पताल गए पनि एकै प्रकारको क्यान्सर रोगको उपचार पाउनेछन् । कार्यविधिमा स्तन, पाठेघर, रगत, फोक्सोलगायत १३ थरीको क्यान्सरका बिरामीले जुन अस्पतालमा गए पनि एक लाखबराबरको एकै खालको उपचार सेवा पाउने उल्लेख छ । ‘उपचार कार्यविधि लागू भएसँगै गुणस्तरीय र सस्तो औषधि प्रदान गर्नुका साथै सबै बिरामीलाई एकै प्रकारको उपचार सेवा दिनुपर्ने स्पष्ट व्याख्या गरिएको छ,’ तिंकरीले भने, ‘आफूखुसी बिरामीलाई उपचार गर्दा अत्यधिक महँगो पर्न गयो । क्यान्सरका बिरामीको उपचारमा १० हजार लाग्ने ठाउँमा ५० हजारसम्म लिएको पाएपछि कार्यविधिको आवश्यक परेको हो ।’ उनले उपचारका नाममा हुने ब्रह्मलुट रोक्न क्यान्सर उपचार कार्यविधि अभिन्न अंग भएको जिकिर पनि गरे ।

नागरिकको स्वास्थ्य अधिकारका लागि : गगन थापा
क्यान्सर उपचारका क्रममा अस्पतालहरूमा आफूखुसी शुल्क लिने र महँगा औषधि चलाउने गरेको गुनासो आएपछि तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर उपचारका विषयमा अध्ययन गरेका थिए । लामो समयको अध्ययन अनुसन्धानले क्यान्सरका बिरामीको उपचार चिकित्सक र अस्पतालपिच्छे फरक–फरक पाइएपछि एकरूपता ल्याउन क्यान्सर उपचार कार्यविधि ल्याइएको थियो । थापाले भने, ‘क्यान्सरका बिरामीहरूले सामान्य उपचार गराउँदा पनि महँगो रकम असुल्ने गरेको पाइयो । यसले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार हनन हुने भएपछि मैले उपचारमा भएको मनपरी रोक्न क्यान्सर उपचार कार्यविधि ल्याएको हुँ ।’ अस्पताल र चिकित्सकले मनलाग्दी औषधि र रेडियोथेरापी लिन लगाउँदा सरकारले उपलब्ध गराउँदै आएको एक लाख रुपैयाँले कुनै काम नगरेको उनले बताए । उनले क्यान्सर उपचार कार्यविधि लागू भएसँगै अब सरकारले उपलब्ध गराउने एक लाखमा ८० प्रतिशत उपचार हुने तर्क गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
कार्यक्रम कार्यान्वयनकार्यक्रम कार्यान्वयन नगर्ने परिपाटी अन्त्य हुनुपर्छः मुख्मन्त्री पौडेल
भव्यरूपमा शुरु हुँदैछ भक्तपुरमा भ्रमण वर्ष २०२०
भव्यरूपमा शुरु हुँदैछ भक्तपुरमा भ्रमण वर्ष २०२०
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
नयाँ मर्यादाक्रममा राष्ट्रपति पहिलो र उपराष्ट्रपति दोस्रो स्थानमा, अरु कुन कति स्थानमा ?
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
अन्तरप्रदेश परिषद्को दोस्रो बैठक आज, समस्या समाधान गर्ने प्रारूपसहितको कार्ययोजना तयार
नेफ्टा आयोजकले बितरण गरे, बृद्ध तथा अशक्तहरुलाई व्याङकेट
नेफ्टा आयोजकले बितरण गरे, बृद्ध तथा अशक्तहरुलाई व्याङकेट
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
हिटर र गिजरले ज्यान लेला !, कसरी जोगिने ?
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै,  पक्राउ पुर्जी छोरालाई !
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पक्राउ पुर्जी छोरालाई !
खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी
खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा

तपाईंले छुटाउनुभयो कि?