नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी
सारांश
- काठमाडौं ।
- बाबुरामले नयाँ शक्तिको नेतृत्व गरेको दोस्रो पुस्तालाई हस्तान्तरण गर्न लागेको साँघुको गत अंकमा हामीले प्रकाशित गरेपछि नयाँ शक्तिमा नयाँ तरंग उत्पन्न भएको छ ।
- नेता देवेन्द्र पौडेलले त बाबुरामले नेतृत्व छिट्टै हस्तान्तरण गर्न लागेको अभिव्यक्ति दिएका थिए ।
काठमाडौं । बाबुरामले नयाँ शक्तिको नेतृत्व गरेको दोस्रो पुस्तालाई हस्तान्तरण गर्न लागेको साँघुको गत अंकमा हामीले प्रकाशित गरेपछि नयाँ शक्तिमा नयाँ तरंग उत्पन्न भएको छ ।
नेता देवेन्द्र पौडेलले त बाबुरामले नेतृत्व छिट्टै हस्तान्तरण गर्न लागेको अभिव्यक्ति दिएका थिए ।
तर, बाबुरामले देवेन्द्र पौडेलको अभिव्यक्तिको आवेगपूर्ण ढंगले खण्डन गर्दै आफूले ५ वर्ष आकाश खसे पनि नेतृत्व नदिने बताएका छन् ।
तर, पार्टीभित्र यो विषयलाई लिएर बहस सुरु भएको छ । स्रोतका अनुसार, भट्टराईले यस्तो अभिव्यक्ति दिएसँगै नयाँ शक्तिभित्र शक्तिशाली मानिएका पौडेल र उनीबीचको सम्बन्धमा केही तिक्तता देखिएको थाहा भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया