बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
सारांश
- बुटवल ।
- रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ रामनगर सिसौघारीमा हिजो शनिबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
- हिजो साँझ लु १ ख ६७७६ नम्बरको बसले लु २१ प ७०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-११ रामनगर सिसौघारीमा हिजो शनिबार साँझ बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
हिजो साँझ लु १ ख ६७७६ नम्बरको बसले लु २१ प ७०१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा चालक स्थानीय १६ वर्षीय अमन श्रेष्ठको मृत्यु भएको छ ।
टरसाइकलमा पछाडि सवार १९ वर्षीया आरती श्रेष्ठ गम्भीर घाइते भएकी छिन् । बसले ठक्कर दिएपछि दुवैजना घाइते भएका थिए ।
घाइते मध्ये चालक अमनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । आरतीको मणीग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया