लायन्स क्लव अफ बुटवल क्षितिजको निशुल्क दन्त शिविर सम्पन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
४१ पटक हेरिएको
Shares
लायन्स क्लव अफ बुटवल क्षितिजको निशुल्क दन्त शिविर सम्पन्न

सारांश

  • बुटवल ।
  • लायन्स क्लव अफ बुटवल क्षितिजले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।
  • बुटवल १३ स्थित भूपु सैनिक स्कुलमा भएको शिविरमा विद्यार्थी, अभिभावक र स्थानीयले गरी १५५ जनाले दन्त परिक्षण गराएको र ५५ जना भन्दा बढीको दाँत फालिएको र आवश्यक औषधी समेत प्रदान गरिएको क्लवका अध्यक्ष मिलन कुमार पुनले बताए ।

बुटवल । लायन्स क्लव अफ बुटवल क्षितिजले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ । बुटवल १३ स्थित भूपु सैनिक स्कुलमा भएको शिविरमा विद्यार्थी, अभिभावक र स्थानीयले गरी १५५ जनाले दन्त परिक्षण गराएको र ५५ जना भन्दा बढीको दाँत फालिएको र आवश्यक औषधी समेत प्रदान गरिएको क्लवका अध्यक्ष मिलन कुमार पुनले बताए ।

आफ्नो व्यक्तिगत जीवन बाहेक समाजका लागि पनि केही गर्नुपर्छ भन्ने भावनाका साथ युवाहरुको सक्रियतामा क्लब स्थापना गरिएको पुनले बताए ।

कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३ सय २५ बिटु एसिया फोरका चिफ महेन्द्र ध्वजुले स्वास्थ्यलाई नियमित कार्यक्रमको रुपमा संचालन गर्न आग्रह गरे । जोन चियर पर्सन बिष्णुप्रसाद बस्यालले क्लवले स्थापनाको छोटो समयमा बाढी प्रभावितलाई स्वास्थ्य परिक्षण, वृक्षारोपण लागतका उत्कृष्ट कार्य गरि उदाहरणीय क्लव बनेको बताए ।

कार्यक्रममा भूपु सैनकि जवई स्पोटिङ क्लवका अध्यक्ष गोपिराम पून, भूपु आर्मि स्कुलका डिल बहादुर पुन, दन्त चिकित्सक डाक्टर दिपेन्द्र पोखरेल, क्लवका प्रथम उपाध्यक्ष नारायण पुन, कार्यक्रम संयोजक दन्त चिकित्सक डाक्टर श्री खरेल लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन कार्यक्रम सहसचिव आविष्कार खनाल लगायतले बोलेका थिए ।

(fisheries)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?