बसको ठक्करले मृत्यु भएपछि पोखरामा तनाव

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
बसको ठक्करले मृत्यु भएपछि पोखरामा तनाव

सारांश

  • २४ कात्तिक, पोखरा ।
  • बसको ठक्करबाट १ जनाको ज्यान गएपछि शुक्रबार बिहानैदेखि पोखरा अशान्त बनेको छ ।
  • मृतकका आफन्त दोषीमाथि कारबाही र क्षतिपूतिको माग गर्दै सडकमा निस्किएपछि पोखरा अशान्त बनेको हो ।

२४ कात्तिक, पोखरा । बसको ठक्करबाट १ जनाको ज्यान गएपछि शुक्रबार बिहानैदेखि पोखरा अशान्त बनेको छ । मृतकका आफन्त दोषीमाथि कारबाही र क्षतिपूतिको माग गर्दै सडकमा निस्किएपछि पोखरा अशान्त बनेको हो ।

बिहीबार बगरबाट लाममाचौर जाँदै गरेको ग १ ख ६४५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा पोखरा–१९ का ४७ वर्षीय राम भण्डारीको ज्यान गएको थियो । पोखरा नगर बस सञ्चालक समितिको बसले ठक्कर दिएर भण्डारीको ज्यान गएपछि मृतका आफन्तले लामाचौर क्षेत्रमा पोखरा नगर बस चल्न दिएका छैनन् ।

मृतकका आफन्तले उक्त बसलाई तत्काल कारवाही गर्न र मृतकका आफन्तलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

बगरबाट लामाचौरतिर एउटै दिशामा गइरहेको र आफ्नै साइडबाट गइरहेको इलेक्ट्रिक स्कुटरलाई पछाडिबाट ठक्कर दिएकाले चालकको गम्भीर लापरवाही भएको आफन्तले बताएका छन् ।

‘मृतकका आफन्तले क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै लामाचौर चोकमा प्रदर्शन गरिरहनुभएको छ,’ कास्की प्रहरी प्रवक्ता तथा डिएसपी खड्क खत्रीले भने, ‘हामीले दुवै पक्षलाई राखेर सहमति खोज्ने प्रयास गर्दैछौं ।’

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको खत्रीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
शुक्लाफाँटामा चराका प्रजाति बढ्दै
आगलागीबाट ४० लाखको क्षति
आगलागीबाट ४० लाखको क्षति
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
पार्टी फुटाउने प्रयास गरेकाले बाबुराममाथि कारबाहीः उपेन्द्र यादव
माओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता
माओवादीद्वारा कोशी सरकारलाई दिएको समर्थन फिर्ता
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
‘कोभिड–१९’ प्रभावः श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन
https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com/ https://kingdom-con.com/Uhttps://kingdom-con.com/Zhttps://kingdom-con.com/ https://kingdom-con.com/Уhttps://kingdom-con.com/зhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ https://kingdom-con.com/бhttps://kingdom-con.com/уhttps://kingdom-con.com/кhttps://kingdom-con.com/мhttps://kingdom-con.com/еhttps://kingdom-con.com/кhttps://kingdom-con.com/еhttps://kingdom-con.com/рhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/кhttps://kingdom-con.com/аhttps://kingdom-con.com/зhttps://kingdom-con.com/иhttps://kingdom-con.com/нhttps://kingdom-con.com/оhttps://kingdom-con.com/,https://kingdom-con.com/ https://kingdom-con.com/пhttps://kingdom-con.com/рhttps://kingdom-con.com/иhttps://kingdom-con.com/лhttps://kingdom-con.com/оhttps://kingdom-con.com/жhttps://kingdom-con.com/еhttps://kingdom-con.com/нhttps://kingdom-con.com/иhttps://kingdom-con.com/еhttps://kingdom-con.com
नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की
नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य : मुख्यमन्त्री कार्की
प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना
प्रचण्डलाई २० हजार मत अन्तरले जिताएर देखाउँछौंः बद्री तिमिल्सिना
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन
१५ सय कर्मचारीका नक्कली प्रमाणपत्र छानबिन