अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २५, २०८०
|
|
३६ पटक हेरिएको
Shares
अमेरिकाको हवाई डढेलोमा परी मृत्यु हुनेको सङ्ख्या ३६ पुग्यो

सारांश

  • लस एन्जलस ।
  • हवाईको माउइ टापूमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।
  • माउ काउन्टीले बुधबार साँझ वेबसाइटमा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेको छ, “आगो निभाउने प्रयास जारी रहँदा सक्रिय लाहैनामा आज ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

लस एन्जलस । हवाईको माउइ टापूमा आएको भीषण आँधीबेहरीका कारण लागेको डढेलोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको पुष्टि भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

माउ काउन्टीले बुधबार साँझ वेबसाइटमा पोस्ट गरिएको एक विज्ञप्तिमा भनेको छ, “आगो निभाउने प्रयास जारी रहँदा सक्रिय लाहैनामा आज ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

विनाशकारी डढेलोका लागि डोरा आँधीबाट आएको तीव्र हावाहुरी जिम्मेवार मानिएको छ । आँधीका कारण पर्यटकीय स्थल लाहैनाका केही भागहरू नष्ट भएका छन् ।

काउन्टीका अनुसार दुई हजार १०० भन्दा बढी मानिस रातभर चारवटा आपतकालीन आश्रयस्थलमा बसेका थिए भने अन्य दुई हजार पर्यटक स्थानीय विमानस्थलमा आश्रय लिइरहेका थिए ।

डढेलो अझै दन्किरहेकोे र उद्धार टोलीले प्रभावित स्थानको लेखाजोखा गरिरहेकाले मृत्यु हुनेको सङ्ख्या थप बढ्न सक्ने स्थानीय अधिकारीले बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाईमा लागेको डढेलो नियन्त्रणका लागि ‘उपलब्ध सबै सङ्घीय साधन स्रोत’ लाई सहयोगको लागि प्रयोग गर्न आदेश दिए । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते
वडा अध्यक्षकाे धारिलाे हतियार प्रहारले ४ जना गम्भिर घाईते
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
बाँकेका सबै मतदानस्थलमा मतदान सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मी पुगे
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
जैश–ए–मोहम्मदका प्रमुखका भाइसहित ४४ आतंकवादी पाकिस्तानको नियनन्त्रणमा
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
कमल थापाको राप्रपाका सबै केन्द्रीय पदाधिकारीहरु पदमुक्त
अष्ट्रेलियाली चलचित्र निर्माता क्याम्बोडियाकाे जेलमा !
अष्ट्रेलियाली चलचित्र निर्माता क्याम्बोडियाकाे जेलमा !
आजदेखि गुगल प्लस बन्द
आजदेखि गुगल प्लस बन्द
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा  (नाम लिस्ट सहित )
हेर्नुहोस प्रतिनिधिसभाको निर्वाचनमा कुन कुन क्षेत्रबाट को–को बीच हुँदैछ प्रतिस्पर्धा (नाम लिस्ट सहित )
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
जुम बैठकमा पर्यटनमन्त्री योगेश भट्टराई बोल्दै गर्दा बज्यो पोर्न भिडियो
चार दिन भित्र उम्मेदवारको नाम सिफारिस गर्न कङ्रेसको निर्देशन
चार दिन भित्र उम्मेदवारको नाम सिफारिस गर्न कङ्रेसको निर्देशन
मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण
मलेसियाका नयाँ राजाद्वारा राज्यारोहण

तपाईंले छुटाउनुभयो कि?