विवादित ‘भिडियो कन्फ्रेन्स’मार्फत प्रम ओलीद्वारा मंगलबार पनि मन्त्रीपरिषदसँग छलफल
सारांश
- सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गर्नुभएको छ ।
- प्रधानमन्त्री ओली मन्त्रीहरुको काम कारबाहीबारे जानकारी लिन भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको हो ।
- प्रधानमन्त्रीसँगको छलफलमा कुनै निर्णय नभएको जनाइएको छ ।
सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक ‘भिडियो कन्फ्रेन्स’मार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री ओली मन्त्रीहरुको काम कारबाहीबारे जानकारी लिन भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको हो । प्रधानमन्त्रीसँगको छलफलमा कुनै निर्णय नभएको जनाइएको छ ।
छलफलका क्रममा मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत प्रधानमन्त्रीले चासो राख्नुभएको थियो ।
यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गर्नुभएको थियो ।
उपचारका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीले पहिलोपटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग ‘भिडियो कन्फ्रेन्स’मार्फत छलफल गर्नुभएको थियो । तर, ‘भिडियो कन्फ्रेन्स’लाई लिएर वैधानिकतामा प्रश्न गर्दै तीव्र आलोचना भएको थियो ।
प्रतिक्रिया