चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १६, २०८०
|
|
४० पटक हेरिएको
Shares
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने

सारांश

  • काठमाडौं ।
  • विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ ।
  • चालु आवमा कुल दुई सय ८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म दुई सय ६५ पुल बनिसकेको र धेरै अन्तिम अवस्थामा रहेको विभागका महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।

काठमाडौं । विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ ।

चालु आवमा कुल दुई सय ८० पुल निर्माणको लक्ष्य लिइएकोमा हालसम्म दुई सय ६५ पुल बनिसकेको र धेरै अन्तिम अवस्थामा रहेको विभागका महाशाखाका प्रमुख नरेशमान शाक्यले बताए ।

कतिपय पुलहरु अन्तिम अवस्थामा रहेकाले तीनमा थप बजेट आएमा चालु आवमै सम्पन्न हुने उनले जानकारी दिए । उनले भने, ‘काम भइसकेको भए पनि भुक्तानी हुन बाँकी रहेकाले प्रगति राम्रो हुने देखिएको छ ।’

पुलका कतिपय भागको काम वर्षाको समयमा गर्न नमिल्ने हुँदा तत्काल रकम प्राप्त हुँदा मात्रै निर्माण सम्पन्न हुनसक्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।

‘स्लाब कास्टिङ’ वर्षा पहिले गर्नुपर्ने र वर्षामा गर्दा बगाउने सम्भावना रहने उनले बताए । उनले भने, ‘फाउन्डेसनको काम वर्षा पहिले सुरु गर्न सकिँदैन ।’

सरकारले चालु आवमा पुल निर्माणका लागि रु १० अर्ब ६३ करोड र पुलसम्बन्धी अध्ययनका लागि रु ६० करोड विनियोजन गरेको थियो । सङ्घीयता कार्यान्वयनमा आइसकेपछि स्थानीय पुल निर्माणको जिम्मेवारी स्थानीय तहको हुने भए पनि अहिलेसम्म सङ्घीय सरकारले पुल निर्माण गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बढी पेन्सनको लोभ- मुख्य सचिव सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा
बढी पेन्सनको लोभ- मुख्य सचिव सुवेदी राजीनामा नदिई एडीबीको जागिरमा
महानगरपालिकाले गौरव र स्वर्णिम आयोजनाका लागि रु पाँच अर्ब ८० करोड बजेट ल्याउने
महानगरपालिकाले गौरव र स्वर्णिम आयोजनाका लागि रु पाँच अर्ब ८० करोड बजेट ल्याउने
पूर्व सांसदकाे निधनमा शोक प्रस्ताव पारित !
पूर्व सांसदकाे निधनमा शोक प्रस्ताव पारित !
यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा
यौन दुर्व्यवहारको मुद्दामा अमेरिकी जिम्नास्टिक्स् बोर्डको राजीनामा
सर्वोच्चले भन्यो “पशुपंक्षी ओहोरदोहोर गराउँदा निर्दयी नबन”
सर्वोच्चले भन्यो “पशुपंक्षी ओहोरदोहोर गराउँदा निर्दयी नबन”
नेपाल विद्यार्थी संघलाई  कांग्रेसले दियाे यस्ताे निर्देशन
नेपाल विद्यार्थी संघलाई कांग्रेसले दियाे यस्ताे निर्देशन
पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
भदाै महिनाकाे काठमाण्डौँ प्रहरी अवार्ड प्रदान , को-को भए उत्कृष्ट ?
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
६२ वर्षीय सनी देओलको फिटनेस रहष्य के हो ?
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल
सुत्केरीको मृत्युबारे पत्ता लगाउन स्वास्थ्य मन्त्रालयको टोली पुग्यो धुलिखेल अस्पताल