तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छःप्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
२५ पटक हेरिएको
Shares
तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छःप्रधानमन्त्री

सारांश

  • काठमाडौँ, २१ मंसिर , प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुुभएको छ ।
  • प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिनुभएको हो ।
  • उहाँले विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको स्पष्ट गर्नुभयो ।

काठमाडौँ, २१ मंसिर , प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुुभएको छ ।

प्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिनुभएको हो ।

उहाँले विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभएको छ, “प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हँुदै गएको छ, सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस मैले गरेको छु ।”

“ तीनै तहको निर्वाचनको सफलताले नागरिकमा आशा जगाएको छ, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि मार्ग प्रशस्त गर्दै संविधानले व्यवस्था गरेको संघीय शासन प्रणालीको जगलाई यसले स्थापित गर्नेछ” विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले संघीय प्रणालीका सबै अवयवले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै आपसी सहकार्य, सहअस्तित्व र समन्वयमार्फत संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

निर्वाचन आयोगको कुशल नेतृत्व र सबै पदाधिकारीको रातदिनको मेहनतले निर्वाचन सफलतामा पु¥याउन सकिएको उल्लेख गर्दै उहाँले आयोगका सम्पूर्ण पदाधिकारी र परिवार धन्यवादका पात्र भएको बताउनुभयो । संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन आज ४५ जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा सम्पन्न हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गज्जवको जोडी, बेहुला २ फिट बेहुली ६ फिट
गज्जवको जोडी, बेहुला २ फिट बेहुली ६ फिट
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
लागुऔषधको हव बन्दै जुम्ला,१८ देखि ४० वर्ष उम्मेरका प्रयोगकर्ता धेरै
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
प्रधानमन्त्री आराममा, आज १० बजे सचिवालय बैठक बोलाए
प्रधानमन्त्री आराममा, आज १० बजे सचिवालय बैठक बोलाए
अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
अमेरिकी चुनावः बाइडेनको अग्रता कायमै
हरिबोल भट्टराईको प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी
हरिबोल भट्टराईको प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी
संखुवासभाबाट व्यवसायी टासी शेर्पा  प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
संखुवासभाबाट व्यवसायी टासी शेर्पा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजियो : अध्यक्ष ओली
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
अन्तर्जातीय बिहे गर्ने दलित युवाको शव अढाई वर्षदेखि अस्पतालमाः सनाखत नगरी लास गाडियो, परिवारले निकाले
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारत जाने तीन मन्त्री को को ?

तपाईंले छुटाउनुभयो कि?