मुम्बईमा भीषण वर्षा, अधिकांश भू–भाग जलमग्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १९, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मुम्बईमा भीषण वर्षा, अधिकांश भू–भाग जलमग्न

सारांश

  • मुम्बई।
  • महाराष्ट्र।
  • गुजरात र मध्य प्रदेशसमेत भारतका केही राज्यमा भीषण वर्षा भएको छ।

मुम्बई। महाराष्ट्र। गुजरात र मध्य प्रदेशसमेत भारतका केही राज्यमा भीषण वर्षा भएको छ। मौसम विभागले गुजरातमा बिहीबार भारी वर्षा हुने जनाएको छ। मध्य प्रदेश, छत्तीसगढ, राजस्थानसमेत १४ राज्यमा भीषण वर्षा हुने भन्दै अलर्ट जारी गरिएको छ। उता मुम्बईमा मंगलबार रातिदेखि भइरहेको वर्षाका कारण सडक, रेल र अवाइ यातायात ठप्प भएका छन्। बुधबार रातिसम्म मुम्बईबाट उडान भर्ने २० फ्लाइट रद्द गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। रेवले ट्रयाक डुबानमा पर्दा १० वटा रेललाई रद्द गरिएको छ।

मौसम विभागले आगामी दुई दिनसम्मका लागि महाराष्ट्रको ठाणे, पुणे, रायगढ, रत्नागिरि, सिन्धुदुर्ग र पालघर जिल्लामा अलर्ट जारी गरेको छ। नागपुरका करिव १०० गाउँसँगको सम्पर्क विच्छेद भएको छ। स्थितिको गम्भीरतालाई मध्यनजर गर्दै गृह मन्त्रालयले करिव १००० हजार कर्मचारीलाई बुधबार रातिसम्म मन्त्रालयमा नै राखेको थियो।

विगत एक हप्तामा भारतका ११ राज्यमा औसातभन्दा धेरै वर्षा भएको छ। १७ राज्यमा सामान्य वर्षा भएको छ। महाराष्ट्रमा १ जुनदेखि ४ सेप्टेम्बरसम्म १०५३ मिलिमिटर वर्षा भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?