निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०८०
|
|
२१ पटक हेरिएको
Shares
निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन आयोगको सरकारलाई निर्देशन

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
  • आज उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुन शमशेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले नेपाल सरकार र गृह मन्त्रालयलाई उक्त निर्देशन दिने निर्णय गरेको हो ।

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

आज उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुन शमशेर जबराको अध्यक्षतामा बसेको आयोगको बैठकले नेपाल सरकार र गृह मन्त्रालयलाई उक्त निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले निर्वाचनको व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थल लगायतको सुरक्षा व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउन पनि आयोगले निर्देशन दिएकोछ ।

मतदाताको रुपमा रहेका प्रदेशसभा सदस्यहरू तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरु विभिन्न जिल्लामा छरिएर रहेकाले उनीहरुको सुरक्षामा पनि ध्यान दिन निर्वाचन आयोगले भनेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?