ललितानिवास प्रकरण : थप दुई जना नियन्त्रणमा
सारांश
- काठमाडौं ।
- काठमाडौंको बालुवाटारस्थित ललितानिवासको जग्गा घोटाला प्रकरणमा नाम मुछिएका थप दुईजनालाई पक्राउ गरेको छ ।
- पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई प्रहरीले आज पक्राउ गरेको हो ।
काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललितानिवासको जग्गा घोटाला प्रकरणमा नाम मुछिएका थप दुईजनालाई पक्राउ गरेको छ । पूर्व नापी अधिकृत ध्रुब अर्याल र समर्जङ कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई प्रहरीले आज पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एसएसपी दिनेश आचार्यले दिएको जानकारी अनुसार उनीहरूलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको छ ।
यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए ।
गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया