सुन काण्डमा बयान फेर्दै आरोपितहरु
सारांश
- विराटनगर- साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् ।
- मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरुले बयान फेरेका हुन् ।
- पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुक्तले बयान दिएका थिए ।
विराटनगर- साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् । मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुक्तहरुले बयान फेरेका हुन् ।
पाँच दिन लगाएर जिल्ला अदालत मोरङको ६ नम्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुक्तले बयान दिएका थिए । बयान फेर्नेमा प्रहरी जवानदेखि, एयरलाइन्सका कर्मचारी व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन् ।
अदालतमा आठ प्रहरीसहित अधिकांश अभियुक्तले यसअधि छानबिन समितिलाई दिएको भन्दा फर बयान दिएको सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया