संविधान दिवसमा मोदी नेपाल नआउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २०, २०७६
|
|
२१ पटक हेरिएको
Shares
संविधान दिवसमा मोदी नेपाल नआउने

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संविधान दिवसमा प्रमुख अतिथि बनेर नेपाल भ्रमणमा नआउने भएका छन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई निम्तो पठाएपनि उनी नआउने निश्चित भएको हो ।
  • विश्वस्त स्रोतका अनुसार मोदीलाई ल्याउने पहल भएपनि उनी नआउने भएका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संविधान दिवसमा प्रमुख अतिथि बनेर नेपाल भ्रमणमा नआउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्रीलाई निम्तो पठाएपनि उनी नआउने निश्चित भएको हो ।

विश्वस्त स्रोतका अनुसार मोदीलाई ल्याउने पहल भएपनि उनी नआउने भएका हुन् । परराष्ट्र मन्त्रालय र भारतस्थित नेपाली राजदूतावासले मोदीलाई नेपाल भ्रमणमा ल्याउने पहल गरेपनि सफल हुन सकेनन् । मोदीलाई संविधान दिवसमा प्रमुख अतिथि बनाएर संविधानको स्वागत गरेको सन्देश प्रवाह गर्ने योजना रहेपनि त्यो हुन नसकेको हो । यसबाट भारतले नेपालको संविधानमा अझै पनि असन्तुष्टि कायमै राखेको सन्देश गएको छ ।

३ असोजमा हुने संविधान दिवसमा मोदी आउने अपेक्षा सत्तापक्षले गरेको थियो । तर, उनी नआउने निश्चित भएपछि विभिन्न शंका आशंका उब्जिएका छन् । हिन्दु धर्मसँग आवद्ध राष्ट्रिय स्वयंसेवक संघबाट राजनीतिमा आएका मोदीले नेपालको संविधानमा धर्मनीरपेक्षताको विषयमा असन्तुष्टि जनाएको विषय अनौपचारिक रुपमा उठ्ने गरेको थियो । यसलाई थप पुष्टि गर्ने अवस्था मोदी नआउने भएबाट बल पुगेको छ ।

संविधान दिवसमा मोदी प्रमुख अतिथि नबन्ने निश्चित हुँदै गर्दा देशभित्र हिन्दु राष्ट्रका पक्षधरहरु सक्रिय भएका छन् । यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।(एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?