हरिबोल भट्टराईको प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी
सारांश
- काठमाडौं ।
- नेपाली काँग्रेस विपी पार्टीबाट काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनीधि सभातर्फका उम्मेदवार हरिबोल भट्टराईले नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी दिएका छन् ।
- गणेशमान सिंहको छोरो भनेर कहिलेसम्म प्रकाशमानलाई भोट दिने उनको प्रश्न छ ?
काठमाडौं । नेपाली काँग्रेस विपी पार्टीबाट काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनीधि सभातर्फका उम्मेदवार हरिबोल भट्टराईले नेपाली काँग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई मैदानमा आउन चेतावनी दिएका छन् ।
गणेशमान सिंहको छोरो भनेर कहिलेसम्म प्रकाशमानलाई भोट दिने उनको प्रश्न छ ? भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि काठमाडौं १ मा पर्ने रंगशाला बनाउन नसक्ने प्रकाशमान सिंहले अब काठमाडौं १ का जनतासँग मत माग्ने नैतिक अधिकार नभएको भट्टराईको भनाई छ ।
काठमाडौं क्षेत्र नम्वर १ का समुदायीक स्कुलका विद्यार्थी अझै पनि खुल्ला आकाशमुनि अध्ययन गर्न बवाध्य छन्, अब प्रकाशमानजीलाई के आधारमा जिताउने भट्टराई आक्रोष पोख्छन् ।
बाग्मती, धोवीखोला करिडोर, टोल–टोलमा सोलार बत्ती, क्षेत्र नम्वर १ अन्तर्गतका सबै सडक कालोपत्रे गर्ने आश्वासन दिएको ८ वर्ष बित्यो, अब संसद भवन अगाडीको सडक हेर्नुस्, अनि हनुमानथानदेखि नयाँ वानेश्वर चोकसम्मको १४ मिटरबाट घटेको ११ मिटरको सडक हेर्नुस्, अनि जनतासँग मत माग्नुस् भट्टराईको प्रश्नै प्रश्न छ ।
नेपाली काँग्रेसका पुराना नेताहरुका अनुसार भट्टराईको उम्मेदवारीले प्रकाशन सिंह अप्ठारोमा छन् । काठमाडौं क्षेत्र नम्वर १ मा बाम गठबन्धनबाट लोडसेडिङ अन्त्यका एक पात्र अनिल शर्मा, विवेकसिल साझा पार्टीका रविन्द्र मिश्रलगायत चुनावी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया