आज नेकपा सचिवालय बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २५, २०७६
|
|
३२ पटक हेरिएको
Shares
आज नेकपा सचिवालय बैठक बस्दै

सारांश

  • काठमाडौं ।
  • पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ ।
  • नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी दिए ।

काठमाडौं । पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ । नेकपा कार्यालय सचिव ईश्वरी रिजालले पार्टी एकताका बाँकी काम टुङ्ग्याउने गरी प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बैठक बस्ने जानकारी दिए ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिङ्गापुर उपचारका क्रममा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा गत भदौ ९ गते बैठक बसेको थियो।

नेकपाको एकताको काम अधिकांश टुङ्गिए पनि प्रवास कमिटी, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासन आयोग, महानगरपालिका, केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद् र विभिन्न आयोगमा एकता बाँकी नै रहेका छन्।

दाहालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री ओलीसहितको बैठकले गरेका जनवर्गीय सङ्गठन र विभागको इञ्चार्ज र सहइञ्चार्जमा केही हेरफेर गरेको थियो।

यसैगरी सोही बैठकले पार्टी्भित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टी्भित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णयसमेत गरेको थियो।

प्रधानमन्त्री उपचार गरेर फर्केपछि पहिलोपटक आज सचिवालयको बैठक बस्न लागेको हो। उनी उपचारका लागि सिङ्गापुर गएको दिन गत भदौ ५ गते पनि सचिवालय बैठक बसेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?