घुससहित सहायक प्रशासक पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २९, २०७३
|
|
३८९ पटक हेरिएको
Shares
घुससहित सहायक प्रशासक पक्राउ

सारांश

  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बागेश्वरी–४ भक्तपुरस्थित गुठीको जग्गा मोही नामसारी गर्ने क्रममा रु ५० हजार घुस लिँदै गरेका अवस्थामा गुठी संस्थान भक्तपुरका सहायक प्रशासक छत्रबहादुर पौडेललाई पक्राउ गरेको छ ।
  • आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार सहायक प्रशासक पौडेलले घुस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले आज उहाँकै कार्यकक्षबाट पक्राउ गरेको हो ।
  • आयोगले आजै सहायक प्रशासक पौडेललाई हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दासमेत दायर गरेको जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बागेश्वरी–४ भक्तपुरस्थित गुठीको जग्गा मोही नामसारी गर्ने क्रममा रु ५० हजार घुस लिँदै गरेका अवस्थामा गुठी संस्थान भक्तपुरका सहायक प्रशासक छत्रबहादुर पौडेललाई पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार सहायक प्रशासक पौडेलले घुस मागिरहेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले आज उहाँकै कार्यकक्षबाट पक्राउ गरेको हो ।

आयोगले आजै सहायक प्रशासक पौडेललाई हदैसम्मको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दासमेत दायर गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?