लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ७, २०८०
|
|
४७ पटक हेरिएको
Shares
लेनदेन मुद्दामा पूर्व वडाध्यक्ष ठाकुर पक्राउ

सारांश

  • जलेश्वर ।
  • महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् ।
  • विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा विजयी भएका थिए । तर वडाध्यक्ष रहेकै अवस्थामा उनी लेनदेन मुद्दाका फरार प्रतिवादी पनि थिए ।
  
लेनदेन मुद्दामा पैसा तिर्न नसकेर अदालतको फैसलापश्चात् विगत पाँच वर्षदेखि फरार रहँदै आएका पूर्ववडा अध्यक्ष ठाकुरलाई बुधबार गोप्य सूचनाका आधारमा प्रहरीले निजको घरबाटै पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।

साथै उनले आज पूर्ववडा अध्यक्ष ठाकुरलाई महोत्तरी जिल्ला अदालतमा पेस गर्ने तयारी रहेकोसमेत बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
आर के स्टूडियोमा भिषण आगलागी, जल्यो ‘सुपर डान्स २’को सेट
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर, बजार व्यवस्थापन अझै चुनौती
नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ
नागढुङ्गाबाट प्रहरी चेकिङः लागुऔषधसहित २ पक्राउ
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको मूल्य १ लिटरको १६०
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
बिहान ८:३० बजे को अप्डेट :बुटवल उपमहानगरपालिका र घोराही उप-महानगरपालिका !
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
‘लौरो’ चुनाव चिन्ह लिएर आयोगमा दर्ता भयो हाम्रो नेपाली पार्टी
संवैधानिक परिषद्को बैठक सुरु
संवैधानिक परिषद्को बैठक सुरु
२०७२ को भारतीय नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा !
२०७२ को भारतीय नाकाबन्दीका सूत्रधार डोभल मोदीको टोलीमा !