बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !

सारांश

  • काठमाडौं, १० जेठ ।
  • सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।
  • मंगलवार बिहान काठमाडौंबाट पक्राउ परेका भनिएका गोरेलाई मंगलवार दिउँसै मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने बुधवारदेखि मोरङ जिल्ला अदालतमा उनको बयान लिइँदैछ ।

काठमाडौं, १० जेठ । सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।

मंगलवार बिहान काठमाडौंबाट पक्राउ परेका भनिएका गोरेलाई मंगलवार दिउँसै मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने बुधवारदेखि मोरङ जिल्ला अदालतमा उनको बयान लिइँदैछ ।

२०६९ सालदेखि संगठित रूपमै सुन तस्करीमा लागेका भनिएका गोरे गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याइएको साढे ३३ किलो सुन हराएपछि आफूसँगै काम गर्ने सनम शाक्यको ‘हत्या गरी’ फरार भएका थिए ।

विभिन्न व्यापारीको लगानीमा तस्करी गरी ल्याइएको सुन हराएको प्रचार भएपछि गोरेले आफूसँगै काम गर्ने व्यक्तिलाई यातना दिएर सुन खोज्ने नाटक गरेका थिए । यातनाकै क्रममा फागुन १८ गते सनमको मृत्यु भएपछि सुन प्रकरण सार्वजनिक भयो ।

फागुन १९ गते मोरङ उर्लाबारीको जंगलमा सनमको शव फेला पर्दा गोरे भारत छिरिसकेका थिए ।

यसबीचमा सुन तस्करी र सनम शाक्य हत्याको पछाडिका थुप्रै पात्रहरू सार्वजनिक भए र केही पक्राउ परे । तर यो प्रकरणका मुख्य ‘नाइके’ भनिएका गोरे भने फरार थिए ।

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले गोरेको व्यापक खोजी गर्‍यो । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मा गोरेविरुद्ध रेडकर्नर नोडिस समेत जारी भयो । तर गोरे भने एकाएक मंगलवार (जेठ ८ गते) बिहान काठमाडौंमै फेला परेको समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो ।

मंगलवार मध्याह्न गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक पौडेलले गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको बताए । गोरेलाई पक्राउ गर्नकै लागि आफूहरू ३ दिनदेखि मोबाइल समेत अफ गरी भूमिगत रूपमा खटिएको संयोजक पौडेलको भनाइ थियो ।

तर गोरेको ‘पक्राउ’ पछाडिका धेरै यस्ता रोचक घटनाक्रम छन्, जसलाई समितिले लुकाउन खोजेको छ ।

गोरेलाई ‘सम्मानका साथ’ पक्राउ !

फागुन १९ गते भारत पसेका गोरे कलकत्ता, सिक्किम, आसाम र सिलगुढी लगायत क्षेत्रमा बसिरहेका थिए । सिक्किमका केही क्यासिनो व्यवसायीसँग गोरेको चिनजान थियो । सिक्किम सरकारसँग समेत पहुँच भएका क्यासिनो व्यवसायीकै संरक्षणमा गोरे भारतका विभिन्न शहरमा ‘लोकेसन चेन्ज’ गर्दै बसिरहेका थिए ।

जेठ ६ गते (आइवार) दिउँसो झापाको काँकरभिट्टा नाका हुँदै गोरे नेपाल फर्किन्छन् । गोरे मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गर्ने भनेर भारत पश्चिम बंगालको सिलगुढीबाट नेपाल फर्किएका थिए । उनको साथमा केही मानवअधिकारकर्मी पनि थिए । तर जब गोरे झापाको दमकमा पुगे, सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न गठित समितिका सदस्यसँगको भेटघाट भयो ।

६ गतेको साँझ गोरेसहित समितिका सदस्यको वास दमकमै भयो ।

७ गते विहान गोरे आफ्ना मामा (नाम नखुलेका), २ जना मानवअधिकारकर्मी र २ जना समितिका सदस्यसहित काठमाडौंका लागि हिँडे । गाडी बुक गरेर काठमाडौं पुर्‍याइएका गोरेलाई ७ गतेको साँझ काठमाडौंको बूढानीलकण्ठस्थित एक होटलमा राखियो ।

बूढानीलकण्ठको होटलमा गोरेसँग नेपाल प्रहरीका केही उच्च अधिकारीले पनि गोप्य रूपमा भेटेको स्रोतको भनाइ छ ।

छानबिन समितिका संयोजकलगायतसँगको भेटमा गोरेले सुन तस्करीमा संलग्न आफूभन्दा माथिल्लो तहका केही व्यक्तिको नाम पोलेका थिए । तर समितिका संयोजक बाहिरिएपछि सो होटलमा पुगेका प्रहरी अधिकारीले भने ती नाम उल्लेख गरे खतरा हुने बताएपछि गोरेले आइन्दा ती नाम कसैसँग नबताउने बाचा गरेका थिए ।

घरका सदस्यलाई छुट्टै ‘कोचिङ’

अदालतमा आफैं हाजिर हुने भनेर मानवअधिकारकर्मीको रोहबरमा नेपाल आएका गोरेलाई सुन छानबिन समितिका पदाधिकारीले आफ्नो महत्त्व बढाउन ‘पक्राउ गरिएको’ भनेर प्रचार गरेको गोरेका आफन्तको भनाइ छ । ती आफन्तले आफ्नो परिचय भने खुलाउन चाहेनन् ।

‘गोरे आफैं अदालतमा उपस्थित हुने भनेर नेपाल आएका हुन्,’ गोरेका आफन्तले  भने, ‘तर समितिका मान्छेले ठूलो मेहनत लगाएर पक्राउ गरिएको जस्तो गरी प्रचार गरेका छन् । उनीहरूले पक्राउ नगरे पनि गोरे सोमवार (जेठ ७) गते अदालतमा उपस्थित भइसक्थे ।’

गृह मन्त्रालयको छानबिन समितिले गोरेले अदालतमा आत्मसर्मण गर्न खोज्दा आफूहरूले नियन्त्रणमा लिएको कुरा कसैलाई नभन्न भनेर आफूहरूलाई सचेत गराएको गोरेका परिवारका ति सदस्यको भनाइ छ ।

‘समितिका सरहरूले गोरे आफैं अदालतमा उपस्थित हुन आएको हो भन्ने कुरा बाहिर नभन्न भनेका थिए,’ गोरेको परिवारका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरसँग भने, ‘बाहिर हामी (समिति)ले पक्राउ गरेको भनेर भन्नु, अन्यथा राम्रो हुने छैन भनेर धम्की पनि दिए ।’

लाेकान्तर बाट साभार ।

(Alprazolam)

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Abbot Nepal

    होइन नेपालमा उतर कोरिया को जसरि पुलिस आर्मी र नेता उडाउने बेला भएको रहेछ। यस्तो कुकर्म गर्ने ले आफु निसकेको प्वालमा खोपी खेलेको थियो भनेर प्रमाणित गर्नुपर्ने बेला भएको छ। अलिकति आमाको इज्जत राख न हो मुला हो

    Comment Author

    Jhana Devi

    नेपालकाे कानुनमा अाफै धामी अाफै झाँक्री भने जस्तै हाे ।

    Comment Author

    Resham Khadka

    यो समिति नै ठिक छैन।साच्चैको छानबीन गर्ने हो भने अर्को समिति गठन होस।यो समितिका अधिकाम्स ब्यक्तिहरू यही कर्मचारीतन्त्रका गद्दारहरू छन।

    Comment Author

    Prem Khadka

    नेपालहाे के के हुन्छ के के

    Comment Author

    Stha Boss

    नया समिति बनायर फेरि छान्बिन हुनु जरुरी छ।आर्मी ,,का,,, रा अ ।।।सबै मिलार बनाउनुपर्‍यो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?