पहिरोले घर पुरिँदा रोल्पामा १८ दिनकी सुत्केरी र शिशुसहित ३ जनाको मृत्यु
सारांश
- काठमाडौं, १८ असार ।
- लगातारको बर्षाका कारण आएको पहिरोले रोल्पाको रुन्टीगढी गाउँपालिका– ५ सैवाङमा एक घर पुरिँदा १८ दिनकी शिशुसहित तीनजनाको मृत्यु भएको छ ।
- सोमवार बिहान पौने ११ बजे भएको उक्त घटनामा सुत्केरी आमा र १४ वर्षीया किशोरीको मृत्यु भएको हो ।
काठमाडौं, १८ असार । लगातारको बर्षाका कारण आएको पहिरोले रोल्पाको रुन्टीगढी गाउँपालिका– ५ सैवाङमा एक घर पुरिँदा १८ दिनकी शिशुसहित तीनजनाको मृत्यु भएको छ । सोमवार बिहान पौने ११ बजे भएको उक्त घटनामा सुत्केरी आमा र १४ वर्षीया किशोरीको मृत्यु भएको हो ।
स्थानीय रामसरी बिकको घर पहिरोले पुरेको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख ज्ञानेन्द्र फुँयालका अनुसार रुन्टीगढी गाउँपालिका वडा नं ५ सैवाङ गाउँमा सोमवार बिहान पौने ११ बजेतिर घर भत्किएको थियो । घर भत्किदा २२ बर्षीया सुन्तेकरी कमला विक, उनकी १८ दिनकी छोरी आयुशा विक र छिमेकी १५ बर्षीया चित्रा विकको मृत्यु भएको हो ।
मृतक आयुशा र चित्राको घटनास्थलमै मृत्यु भएको र १८ दिनकी सुत्केरी कमलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । सुत्केरी आमा छोरी भान्साघरमा आगो तापेर बसेको अवस्थामा ढुङ्गाको गारो भएको घर भत्किँदा उनीहरुको मृत्यु भएको थियो ।
प्रतिक्रिया