नेयमार बिना खेलेको खेलमा पीएसजी दोस्रो डिभिजनको क्लबसँग बराबरीमा रोकियो
सारांश
- एजेन्सी ।
- प्रि–सिजन टूरमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बुन्डेशलिगाको दोस्रो डिभिजनको क्लबसंग बराबरीमा रोकिएको छ ।
- शनिबार राति भएको मैत्रीपुर्ण खेलमा पीएसजी जर्मन क्लब नुरेनवर्गसंग १–१ गोलको बराबरीमा रोकिएको हो ।
एजेन्सी । प्रि–सिजन टूरमा रहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बुन्डेशलिगाको दोस्रो डिभिजनको क्लबसंग बराबरीमा रोकिएको छ । शनिबार राति भएको मैत्रीपुर्ण खेलमा पीएसजी जर्मन क्लब नुरेनवर्गसंग १–१ गोलको बराबरीमा रोकिएको हो । स्टार खेलाडी नेयमारबिनै प्रि–सिजन टूरमा निस्किएको टिम जितका लागि संघर्षरत अवस्थामा देखिन पुगेको छ ।
नेयमारलाई पछिल्लो समय टिममा समावेश गरिएको छैन । पाब्लो सरबियाले ४३ औ मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुवात अग्रता दिलाएका थिए । सेभिल्लापछि फ्रान्स आएका सरबियाले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाउन सफल रहेका थिए । तर दोस्रो हाफमा घरेलु टोलीले बराबरी गोल गर्न सफल रह्यो ।
७१ औ मिनेटमा घरेलु टोलीका लागि भालान्टिनीले गोल गर्दै खेल बराबरीमा ल्याउन सफल भएका थिए । प्रि–सिजनमा पीएसजीलाई केलियन एम्बाप्पेले नेतृत्व गरिरहेका छन् । उनकै प्रभावमा पहिलो खेलमा पीएसजीले फराकिलो जित निकाल्न सफल भएको थियो ।
प्रतिक्रिया