आगामी तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २९, २०७६
|
|
२५ पटक हेरिएको
Shares
आगामी तीन दिनसम्म देशैभर मौसम बदली र वर्षा हुने

सारांश

  • काठमाडौँ ।
  • आज आइतबार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
  • हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसतभन्दा थोरै भाग उत्तरतर्फ सरेकाले देशका धेरै स्थानमा हल्का तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ । आज आइतबार देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसतभन्दा थोरै भाग उत्तरतर्फ सरेकाले देशका धेरै स्थानमा हल्का तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

एक दुइ स्थानमा भारी वर्षाको सम्भावना भएकोले पहिरो जान सक्ने तथा सडक र हवाई यातायातमा सामान्य अवरोध आउन सक्ने हुनाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

आगामी तीनदिनको मौसम पूर्वानुमान यस्तो छ

भाद्र २९ गते (आइतवार)

दिउँसोस् देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ।

रातीस् देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पुर्वी तथा मध्य भु(भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३० गते (सोमबार)

दिउँसोस् देशभरी आंसिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीस् देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

भाद्र ३१ गते (मंगलबार)

दिउँसोस् देशभरी सामान्य बदली रही मध्य भुभागका धेरै स्थानमा साथै पूर्ब तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका मध्य तथा पश्चिमी भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

रातीस् देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य तथा पुर्वका धेरै स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?