बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग

सारांश

  • गोरखा।
  • राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन्।
  • गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन्।

गोरखा। राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने गोरखाको खहरे र आरुघाट क्षेत्रका बासिन्दाले तत्काल मुआब्जा निर्धारण गर्न माग गरेका छन्। गोरखा सदरमुकाममा शनिबार आयोजित ‘बूढीगण्डकी जलविद्युत् आयोजनाको अवस्था र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले यस्तो माग गरेका हुन्। उनीहरुले आयोजनाले तत्काल मुआब्जा निर्धारण गरी वितरण गर्न नसके रोक्का गरिएको जग्गा फुकुवा गर्न पनि सरकारसँग माग गरेका छन्

कार्यक्रममा आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्ण दाहालले गएको चार वर्षदेखि सरकारले आरुघाट र खहरे क्षेत्रको जग्गा किनबेचमा रोक लगाउँदै आएकाले अब अहिलेसम्मको क्षतिपूर्तिसहित रोक्का भएको जग्गा फुकुवा गर्नुपर्ने बताए। “आरुघाटका प्रभावितहरु सबैले पटक–पटक ऊर्जामन्त्रीलाई भेटेर मुआब्जा निर्धारण गरी वितरणका लागि गएर भनेका छौं, तर अहिलेसम्म पनि सुनुवाइ भएन, जिल्लाका सबै राजनीतिक दल तथा जनप्रतिनिधिले मुआब्जा निर्धारण गर्न आग्रह गरिरहेका छन्”, उनले प्रश्न गरे, “अब कसले रोक्यो?”

उनले मुआब्जा निर्धारण फेरि ढिलाइ गरिए आरुघाट खहरे क्षेत्रका जनता अनिर्णयको बन्दी भएर बस्न नसक्ने बताए। प्रभावित क्षेत्रका शिव थापाले मुआब्जा निर्धारण गर्न ढिलाइ गर्ने र जति ढिलो उति आयकर भन्दै मुआब्जामा कर कटौती गर्दा जनतालाई मार परेको बताए। “कतै निर्धारणसमेत गरिएको छैन”, उनले भने, “फेरि आयोजना आफैँ प्रत्येक बर्ष सरकारले मुआब्जामा पनि आयकर बढाउँदै लगेको छ, यसबाट प्रभावित क्षेत्रका जनतालाई सुकुम्वासी बनाउने काम हुँदैछ।”

कार्यक्रममा आरुघाट गाउँपालिकाका जगन्नाथ खनालले विसं २०४२ देखि चर्चा शुरु भएको आयोजनाको अहिलेसम्म कार्य प्रगति हेर्दा आयोजना बन्नेमा शङ्का रहेको बताए। उनले आयोजना जसरी पनि बन्नुपर्छ भन्ने प्रभावित क्षेत्रका जनताको चाहना रहेको भन्दै आरुघाट खहरे क्षेत्रको डुबानमा पर्ने जमीनको मुआब्जा निर्धारणमा ढिलाइ गर्न नहुनेमा जोड दिए।
खनालले अब तत्काल मुआब्जा निर्धारण नगरे प्रभावित क्षेत्रका जनता सरकारका विरुद्ध नै आन्दोलनमा उत्रन सक्ने चेतावनी दिए। त्यस्तै आरुघाट गाउँपालिकाका नारायणप्रसाद श्रेष्ठले मुआब्जा निर्धारण नहँुदा आरुघाट र खहरे क्षेत्रका जनता अन्योलमा रहेको बताए। “विसं २०७२ चैत १९ गतेदेखि सरकारले रोक्का गरेको छ, जग्गाको कारोवार ठप्प भएपछि बैंकबाट झिकिएको ऋण तिर्न नसक्दा बै‌‌कले कालोसूचीमा नाम निकालेको छ”, उनले भने, “अब कतिञ्जेल व्यवहार टार्न सक्छौँ।”

श्रेष्ठले भएको अचल सम्पत्ति जति रोक्का हुँदा बालबच्चालाई पढाउन समेत आर्थिक समस्या हँदै आएको बताए। नेपाली काङ्ग्रेस गोरखा सचिव नन्दप्रसाद न्यौपाने, समाजवादी पार्टी नेपालका जिल्ला सचिव नारायण खत्री, समाजवादी पार्टी नेपालका नेता ज्ञानेन्द्र कुमाल, रोहित पाण्डे, बूढीगण्डकी सरोकार समितिका संयोजक हरेराम ढकाल, बूढीगण्डकी डुबान क्षेत्रका प्रभावित ऋषिराम लामिछाने, दिनेश ढकालले मुआब्जा निर्धारणमा ढिलाइ गरेर प्रभावित क्षेत्रका नागरिकलाई अनिणर्यको बन्दी बनाउन नहुने धारणा राखे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Priyanka Chopra’s mother Madhu responds to BMC notice for illegal construction!
Priyanka Chopra’s mother Madhu responds to BMC notice for illegal construction!
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स
बलिउड अभिनेत्री रेखाको फिटनेस र ब्यूटी सेक्रेट्स
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
प्रकाशमान सिंह : देउवालाई मैलेबाहेक अरुले पराजित गर्न सक्दैनन्, म सभापतिमा लड्छु
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
जहाँ, धाराबाट यसरी दूध आउँछ हेर्नुस्
जहाँ, धाराबाट यसरी दूध आउँछ हेर्नुस्
मन्त्रालय भागवण्डा टुंगाउन वाम गठबन्धन र फोरम नेताहरु आज वैठक बस्दै
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना
न्युजिल्याण्डको डेरी फर्मलाई साढे दुई लाख डलरभन्दा बढी जरिवाना

तपाईंले छुटाउनुभयो कि?