मन्त्रालय भागवण्डा टुंगाउन वाम गठबन्धन र फोरम नेताहरु आज वैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २०, २०७४
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • शिखरन्यूज, काठमाडौं, २० फागुन- सरकारमा सामेल गराउने विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुबीच वैठक हुँदैछ ।
  • आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि छलफल हुने नेताहरुले बताएका छन् ।
  • प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरमका उपेन्द्र यादवस सहितको वैठक बस्न लागेको हो ।

शिखरन्यूज, काठमाडौं, २० फागुन- सरकारमा सामेल गराउने विषयमा वाम गठबन्धन र संघीय समाजवादी फोरमका शीर्ष नेताहरुबीच वैठक हुँदैछ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र फोरमका उपेन्द्र यादवस सहितको वैठक बस्न लागेको हो । फोरमलाई सरकारमा ल्याएर दुई तिहाइ पुर्याउने कसरतमै बाम गठबन्धन देखिएको छ । यस अघि भएको छलफलमा संविधान संशोधनको विषयमा सहमति भएपनि मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन ।

फोरमले दुई मन्त्री र एक राज्यमन्त्री सहित तीनजना सहित प्रतिनिधिसभामा उपसभामुखको माग राख्दै आएको छ । तर वाम गठबन्धनले भने २ मन्त्रालय सहित उपसभामुख दिएर मनाउने तयारी गरेको बुझिएको छ । आज बस्ने संयुक्त बैठकबाट निश्कर्ष निस्केमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘Taarak Mehta’ fame Dayaben aka Disha Vakani shares first picture of her baby girl!
‘Taarak Mehta’ fame Dayaben aka Disha Vakani shares first picture of her baby girl!
श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
श्रीमान्लाई मदिरा छुटाउन २२ वर्ष लामो सङ्घर्ष
मङ्गलादेवीलाई सम्झँदै कांग्रेसका महिलाले खोजे ३३ प्रतिशत भाग
महाकालीवासी भन्छन् :आँखा चिम्लेर भोट हाल्दैनौं
महाकालीवासी भन्छन् :आँखा चिम्लेर भोट हाल्दैनौं
माधव नेपालले सम्झिए मुग्लिनको मासुभात !
माधव नेपालले सम्झिए मुग्लिनको मासुभात !
डा. बाबुरामले माओवादी बैठकमा पठाए दस्ताबेज (पूर्णपाठसहित)
डा. बाबुरामले माओवादी बैठकमा पठाए दस्ताबेज (पूर्णपाठसहित)
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
‘भ्रष्टाचार पीडितज्यू भनौं कि जस्तो लागिरहेको छ…’
डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित
डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
पेट्रोलियम पद्धार्थको मूल्य नघटाउने भन्दै आयल निगमले देखायो मासिक १ अर्ब २७ करोड घाटा

तपाईंले छुटाउनुभयो कि?