मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
३० पटक हेरिएको
Shares
मदन भण्डारी राष्ट्रिय रिङ रेस्लिङ सुर्खेतमा हुने

सारांश

  • काठमाडौँ ।
  • मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ ।
  • बहत्तरौँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

काठमाडौँ । मदन भण्डारी स्पोर्ट्स एकेडमीको रिङ रेस्लिङ विभागको आयोजनामा दोस्रो मदन भण्डारी रिङ रेस्लिङ राष्ट्रिय प्रतियोगिता आगामी जेठको दोस्रो सातामा हुने भएको छ ।

बहत्तरौँ मदन स्मृति तथा मदन जयन्तीको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष तेजविक्रम बस्नेतले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। उक्त प्रतियोगिता आगामी जेठ १३ गते सुर्खेतमा हुनेछ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले घोषणा गरेको विविध खेलकुद प्रतियोगिताअन्तर्गत रेस्लिङको दोस्रो संस्करण सुर्खेतमा हुन लागेको नेपाल रिङ रेस्लिङ सङ्घकी महासचिवसमेत रहेकी एकेडेमीकी केन्द्रीय उपमहासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा लाइटवेटतर्फ सिजे वल्र्ड र कम्ब्याटको भिडन्त हुनेछ । यसका साथै महिलातर्फ तन्नु र आकृति भिड्ने छन् भने ट्याग टिम भिडन्तमा टुप्पी ग्याङले सुजलको टिमसँग तथा एक्स हिरोबीच हुनेछ । हार्डकोर भिडन्तमा चट्टान र स्पाइडरम्यान उपाधिका लागि रिङमा उत्रने छन् । लाइटवेटमा डेभिडले र साइनको सामना गर्नेछन् । नुवाकोटे टाइगर र किङ रोबोर्ट हेभीवेटमा भिड्ने छन् ।

लाइटवेटतर्फको विजेता खेलाडीले रु ५० हजार, ट्याग टिम च्याम्पियनले रु ५० हजार, लेडिज वेट च्याम्पियनले रु ६० हजार, मिडलवेट च्याम्पियनले रु ७० हजार, हार्डकोर च्याम्पियनले रु ७५ हजार र हेभीवेट च्याम्पियनले रु एक लाख पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

उपमहासचिव श्रेष्ठले प्रतियोगिताले कर्णाली प्रदेशको आन्तरिक तथा बाह्य पर्यटनको विकाससँगै कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदको प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?