रातो माटोको मुल्य बढ्दा स्थानीय उत्साहित

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
४३ पटक हेरिएको
Shares
रातो माटोको मुल्य बढ्दा स्थानीय उत्साहित

सारांश

  • दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् ।
  • चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् ।
  • रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ ।

दशैँ तिहारमा घरपोत गर्न सिगार्न प्रयोग गरिने रातो माटोले अहिले भाउ पाएपछि पाँचथरको फिदिम नगरपालिका–४ चारखम्बेका स्थानीय उत्साहित बनेका छन् । चाडपर्वको मुखमा रातो माटोले राम्रो भाउ पाएपछि त्यस ठाउँका स्थानीय उत्साहित बनेका हुन् । रातो माटो प्रतिबोरा रु ६० देखि ८० सम्म बिक्री हुने गरेको छ ।

यहाँको रातो माटो छिमेकी जिल्ला ताप्लेजुङ, तेह्रथुम, इलाम र झापामा निर्यात हुन्छ । फिदिमको चारखम्बे क्षेत्रबाट वार्षिक रु पाँच लाखसम्मको माटो बिक्री हुँदै आएको स्थानीय भीम सिगुले भने । उनी थप्छन्, “माटो दशैँ र तिहारमा बढी बिक्री हुने गरेको छ, माटो बिक्री गरेरै आफूले रु तीन लाख वार्षिक आम्दानी गर्ने गरेको छु ।”

यस ठाउँका अन्य स्थानीयले पनि यही रातो माटो बिक्री गरेर दशैँ तिहारको लागि खर्च जुटाउने गरेको स्थानीय कृष्ण खवासले बताए । सामान लिएर फिदिम आउने तर फर्कदा रित्तो हुने भएपछि ट्रयाक्टर चालकले गाउँमै लगेर पनि बिक्री गर्ने गरेको उनको भनाई छ । यस ठाउँका रातो माटो दशैँ तिहारमा बढी बिक्री हुने गरेको छ, अन्य समयमा पनि फाटफुट बिक्री हुने गरेको स्थानीय अर्जुन खतिवडा बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’
माधव नेपालले मुख खोले : ‘मेरो दोष छैन्, म अपराधी होइन’
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
अन्तर्वार्ताः समृद्ध भरतपुर नै मेरो सपना : महानगरपालिका प्रमुख रेनु दाहाल
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा ।  हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।
चर्चित युवा नेता संजय अर्याल पहिलो पल्ट मिडियामा । हेर्नूस शिखर संवाद मा उहासंगको गरिएको विशेष कुराकानि ।
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
अवैध रकम खातामा जम्मा भए जानकारी दिन सिआइबीको आग्रह
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
राष्ट्रियसभाका उम्मेदवार चयन गर्न एमाले स्थायी समिति बैठक बस्दै
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
राजस्व बाँडफाँड अव्यावहारिक भयो, यसले ३ तहबीच टकराव ल्याउँछ-केपी ओली
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा  १ अर्ब १२ करोडभन्दा धेरै ?
कसरी यी ६ वर्षीय बालकले कमाउछन बर्षमा १ अर्ब १२ करोडभन्दा धेरै ?
समितिद्वारा बिर्तामोड घटनाको अनुसन्धान शुरु
समितिद्वारा बिर्तामोड घटनाको अनुसन्धान शुरु
सरकारका नाममा कारण देखाऊ आदेश
सरकारका नाममा कारण देखाऊ आदेश
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन
बौद्धनाथ स्तुपको विवाद अध्ययन गर्न समिति गठन