सरकारका नाममा कारण देखाऊ आदेश

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सरकारका नाममा कारण देखाऊ आदेश

सारांश

  • काठमाडौं, १५ साउन।
  • स्वेच्छिक अवकास योजना कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।
  • न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले यस्तो आदेश दिएको हो ।

काठमाडौं, १५ साउन। स्वेच्छिक अवकास योजना कार्यान्वयन नगरेको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश शारदाप्रसाद घिमिरेको एकल इजलासले यस्तो आदेश दिएको हो । कर्मचारी समायोजन ऐन, २०७४ मा स्वेच्छिक अवकास योजनाबारे उल्लेख भए पनि मन्त्रिपरिषद् बैठकले स्वेच्छिक अवकास योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ ।

कानुन बमोजिम स्वेच्छिक अवकास योजना कार्यान्वयनको माग दाबी गर्दै निजामती कर्मचारीहरूले सर्वोच्चमा उत्प्रेषण परमादेशको रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाएको छ ।कानुनको मान्य सिद्धान्तलाई समेत आफू अनुकूल सरकारले स्वेच्छाचारी ढंगले उपयोग गर्न नहुने र शक्ति पृथकीकरणको सिद्धान्तको पालना गर्न सरकारलाई सचेत गराउनसमेत रिटमा माग गरिएको छ ।

रिट निवेदकहरूको तर्फबाट बरिष्ठ अधिवक्ता सुरेन्द्रकुमार खडका, अधिवक्ता निरबहादुर पौडेल, अधिवक्ता ओमप्रकाश अर्याल, अधिवक्ता कैलाशपति निरौला समेतले बहस गरेका थिए । रिटबारे साउन २१ गते दुवै पक्षलाई राखी छलफल गरिने अदालतका सहप्रवक्ता नरेन्द्र काराखेतीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…
ट्रम्पको योजना संसदबाटै अस्वीकृत भएपछि…
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
प्रदेशमा सात मन्त्रालयको प्रस्ताव , प्रदेश प्रमुखको मापदण्ड पनि तयार,के छ मापदण्ड ?
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
त्रिचन्द्र क्याम्पसमा बम
त्रिचन्द्र क्याम्पसमा बम
आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना
आज मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
केक काटेर हर्षोल्लास मनाएपछि पार्टीको स्थायी कमिटी बैठक सुरु
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
मन्त्री परिषदको हिजोको निर्णय यस्तो छ
मन्त्री परिषदको हिजोको निर्णय यस्तो छ
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
अध्ययनका लागि रकम जुटाउन भारत गएका युवकको मृत्यु
एसिसी यु १९ : टस जितेर फिल्डिङ गर्दै नेपाल
एसिसी यु १९ : टस जितेर फिल्डिङ गर्दै नेपाल

तपाईंले छुटाउनुभयो कि?