अभिनेता ऋतिक रोशन र टाइगर श्राफ ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्:यस्तो छ कारण !
सारांश
- मुम्बइ।
- बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफले आफ्नो आगामी रिलिज ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्।
- तर एकआपसमा झगडा भएर उनीहरूले यस्तो गर्न लागेका होइनन्।
मुम्बइ। बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफले आफ्नो आगामी रिलिज ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्। तर एकआपसमा झगडा भएर उनीहरूले यस्तो गर्न लागेका होइनन्। सिनेमाका निर्माताहरूले स्क्रिनमा रहेको दुश्मनीलाई बाहिर पनि दर्शाउनका लागि यस्तो गरेका हुन्।‘वार जस्तो सिनेमामा दुई ठूला एक्सन सुपरस्टार छन् र हामी दर्शकहरूले उनीहरूलाई पर्दामा मात्र एकसाथ हेरून भन्ने चाहन्छौ।
उनीहरूले एकअर्कालाई टक्कर दिदांको मजालाई हामी खराब गर्न चाँहदैनौं’, निर्देशक सिद्धार्थ आनन्दले भने। उनले सिनेमा रिलिजसम्म दर्शकको उत्सुक्ता कायम होस् भने यस्तो योजना ल्याएको बताए। सिनेमा अक्टुबर २ मा हिन्दी, तमिल तथा तेलेगु भाषामा एकसाथ रिलिज हुँदैछ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया