गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
गाउँपालिकाको मासिक आम्दानी रु एककरोडभन्दा बढी

सारांश

  • सल्लेरी, सोलुखुम्बु, ३ जेठ , टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।
  • गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।
  • यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।

सल्लेरी, सोलुखुम्बु, ३ जेठ , टिम्स कार्ड (पदयात्री सूचना व्यवस्थापन प्रणाली) निषेध गरेर पर्यटन प्रवेश शुल्क संकलन गर्नथालेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले सात महिनाको अवधिमा रु आठ करोडभन्दा बढी राजश्व संकलन गरेको छ ।

गतबर्ष २०१७ को अक्टोबरदेखि २०१८ को अप्रिल महिनाको अन्तिमसम्म रु आठकरोड २३ लाख ४१ हजार पर्यटन प्रवेश शुल्क संकलन गरेको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरि शेर्पाले जानकारी दिनुभयो ।

यो अवधिमा ४१ हजार १७० जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् । यसरी हेर्दा गाउँपालिकाको मासिक आम्दानी रु एक करोडभन्दा बढी देखिन्छ । नेपाल पर्यटन बोर्डले टिम्स कार्ड (पदयात्री व्यवस्थापन प्रणाली) वितरण गरिरहेको भएपनि त्यसलाई पूर्णनिषेध गर्दै गाउँपालिकाले पर्यटन प्रवेश शुल्क संकलन गर्न थालेको हो । गाउँपालिकाले स्टेशननै खडा गरेर खुम्बु प्रवेश गर्ने प्रतिपर्यटक रु दुई हजार प्रवेश शुल्क संकलन गर्ने गरेको छ ।

गाउँपालिकाको तथ्याँकअनुसार अक्टोबर महिनामा सात हजार १२ जनाबाट रु एक करोड ४० लाख ३५ हजार, नोभेम्बर महिनामा सात हजार ४१२ जनाबाट रु एक करोड ४० लाख ३५ हजार राजश्व संकलन भएको गाउँपालिकाका प्रवक्ता लाक्पाछिरि शेर्पाले जानकारी दिनुभयो ।

यस्तै, डिसेम्बर महिनामा दुई हजार ४१७ पर्यटकबाट रु ४८ लाख ३४ हजार, जनवरीमा एक हजार पाँच पर्यटकबाट रु २० लाख १० हजार, फेब्रुअरीमा एक हजार ५६२ पर्यटकबाट रु ३१ लाख २४ हजार, मार्च महिनामा छ हजार ७४७ पर्यटकबाट रु एक करोड ३४ लाख ९४ हजार र अप्रिलमा १० हजार २६४ पर्यटकबाट रु दुई करोड ५२ लाख आठ हजार राजश्व जम्मा भएको गाउँपालिकाले जनाएको छ ।

पर्यटन बोर्डले टिम्स कार्ड वितरण गरेर करोडौँ राजश्व संकलन गरेपनि खुम्बु क्षेत्रको पर्यटन प्रवद्र्धनमा चासो नदिएको भन्दै गाउँपालिकाले टिम्स कार्डनै निषेध गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो । पर्यटन बोर्डले भने गाउँपालिकाले टिम्स कार्ड निषेध गरेर प्रवेश शुल्क लिनु गैरकानूनी रहेको जनाउँदै आएको छ ।
–––

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ мσяиιиg <3
    ? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 10:04 AM ?
    ??? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ???

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागासाकी ध्वस्त भयो, तर हनिमून सम्झनाले यसरी बचाएको थियो क्योटो
नागासाकी ध्वस्त भयो, तर हनिमून सम्झनाले यसरी बचाएको थियो क्योटो
यादवको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्चद्वारा सदर
फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा
फ्रान्सेली बैंकद्वारा एक हजार ६०० कर्मचारी कटौती गर्ने घोषणा
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
प्रहरीले सुराकमा विश्वास गर्दा ……..
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
सूचनाको हक प्रवद्र्धन गरेर मात्रै सुशासन प्रत्याभूत गराउन सकिन्छः प्रधानमन्त्री दाहाल
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला
पाँच वर्षमा पनि पूरा भएन रङ्गशाला
लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
लक्ष्यअनुसार उठेन विमानस्थल भन्सार राजस्व
राष्ट्रपति भण्डारी विरुद्द परेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश
राष्ट्रपति भण्डारी विरुद्द परेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी
इस्लामिक स्टेटले नियन्त्रण गरेको भूभागलाई चाँडै पूर्ण रुपमा मुक्त गर्ने ट्रम्पकाे दाबी

तपाईंले छुटाउनुभयो कि?