जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १३, २०७४
|
|
५८ पटक हेरिएको
Shares
जेलबाट भागेका ‘टिके डाँका’ माथी गोली प्रहार: उपचारको लागि काठमाडौं ल्याइदैँ

सारांश

  • काठमाडौं, १३ माघ ।
  • डिल्लीबजार कारागारबाट गतसाता भागेका ‘टीके’ भनिने टीकाबहादुर थापा प्रहरीको गोली लागेर घाइते भएका छन् ।
  • प्रहरीले जवाफी फायरिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको छ ।

काठमाडौं, १३ माघ । डिल्लीबजार कारागारबाट गतसाता भागेका ‘टीके’ भनिने टीकाबहादुर थापा प्रहरीको गोली लागेर घाइते भएका छन् । प्रहरीले जवाफी फायरिङ गर्दा उनको तिघ्रा र हातमा गोली लागेको छ ।

प्रहरीका अनुसार उनी चितवनको रामनगरमा प्रहरीको दोहोरो भीडन्तमा टिके घाइते भएका हुन् । टिकेले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि गोली चलाइएको महानगरीय अपराध महाशाखाका प्रमुख दिवेश लोहनीले जानकारी दिए ।

टिके ना ४७ प ५०५२ नं को मोटरसाइकल चलाएर नारायणगढ जाँदै थिए । चितवनको भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साइ पेट्रोल पम्प अगाडि शनिबार साँझ ५ः१० मा चेकजाँच गर्ने क्रममा टिकेले सुरुमा प्रहरीमाथि गोली चलाएका थिए ।

काठमाडौंबाट गएको अपराध महाशाखाको टोली र चितवन प्रहरीको संयुक्त टोलीले जवाफी कारबाहीमा गोली चलाउँदा टिके घाइते भएका हुन् । घाइते टिकेलाई तत्कालै चितवनको सरकारी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

प्रहरीको गोली लागेर घाइते भएका कुख्यात टिके डाँकालाई थप उपचारको लागि चितवनबाट काठमाडौंस्थित वीर अस्पतालको ट्रमा सेन्टर रिफर गरिएको प्रहरीले जनाएको छ ।

टिके माघ ४ गते राति काठमाडौंबाट भागेका थिए । उनीसँगै भागेका अर्का कैदीलाई भने प्रहरीले राति नै पक्राउ गरेको थियो ।

२०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघर तर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले उनलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको थियो ।

रामेछापको दोरम्बार स्थायी घर भएका टीकालाई पुस २६ गते अपराध महाशाखाले पक्राउ गरेको थियो ।

सुरुमा समाचार सम्प्रेषण गर्दा प्रहरीसँगै बुझेर गरेको थियौं । प्रहरीले पनि मारिएको भन्ने खबर हामीलाई दिएको हुँदा प्रहरीलाई नै आधार मानेर त्यहीअनुसार  समाचार सम्प्रेषण गरेको थियौं । फेरी फ्लोअपको लागि प्रहरीसँग बुझ्दा नमारिएको कुरा आएको र थप उपचारको लागि काठमाडौं ल्याउँदै गरिएको बताइकोले यसअघि प्रकाशित समाचार क्षमायाचनासहित सच्याइएको छ ।  सं.

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल
रास्वपाको कार्यवाहक सभापतिमा डिपी अर्याल
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
नाम ‘मसिहा’, काम शून्य: निर्वाचनमा नमिठो पराजय भोग्दै मधेसका दिग्गजहरू
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
कोरोना संक्रमणबाट चार जनाको मृत्यु पुष्टि (विवरणसहित)
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
हिमालयन हाइड्रो एक्स्पो २०१८ हुने
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे