चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २३, २०७६
|
|
२४ पटक हेरिएको
Shares
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा सरकारले चालेका हरेक कदममा साथ दिने देउवाको विश्वास

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर वर्तमान सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको साथ र सहयोग गर्ने विश्वास दिलाएका छन् ।
  •  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदुतहरुसँगको छलफलको क्रममा नेता देउवाले यस्तो धारणा राखेको प्रधानमन्त्री ओलीको परराष्ट्र मामिला सल्लाहकार डा.
  • राजन भट्टराईले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर वर्तमान सरकारले चाल्ने हरेक कदममा आफ्नो पार्टीको साथ र सहयोग गर्ने विश्वास दिलाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पूर्वप्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री र पूर्व राजदुतहरुसँगको छलफलको क्रममा नेता देउवाले यस्तो धारणा राखेको प्रधानमन्त्री ओलीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

बैठकमा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे राजनीतिक रुपमा सबै दलको एउटै धारणा रहेको छ । भट्टराईले देउवाको भनाई उल्लेख गर्दै भने,‘यो भ्रमणलाई लिएर सरकारले चालेको जस्तोसुकै कदमलाई हामी साथ दिन्छौं । यो भ्रमणलाई विवादरहित बनाउनुपर्छ । भ्रमणलाई सफल तुल्याउनको लागि नेपालको तर्फबाट कुनै कसर बाँकी राख्नुहुँदैन् ।’ त्यस्तै, कांग्रेसले राष्ट्रपतिको भ्रमणको दौरानमा नेपालको हित हुनेगरि सम्झौता गर्नुपर्नेमा पनि जोड दिएको छ । कांग्रेसले चीनसँग सहयोग र अनुदानमा परियोजना बनाउनुपर्नेमा नै बढि जोड दिएको छ । त्यस्तै, संयुक्त लगानीमा परियोजना बनाउनुपर्ने कांग्रेसको अडान छ ।

रेलमार्गलगायतका अन्य परियोजना बनाउनको लागि चिनियाँ ऋण लिन नहुने कांग्रेस नेताहरुको धारणा छ । सभापति देउवाले रेल ल्याउनुपरे पनि अनुदानमा ल्याउनुपर्ने आफ्नो भनाई राखेका थिए । उनले भनेका थिए,‘हामी ऋणमा डुब्नुहुँदैन् । सि जिनपिलाई कन्भिन्स गरेर अनुदानमा बनाउन सकिन्छ भने रेलमार्ग पनि जान सकिन्छ ।’

उता, प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने बताएका छन् । चिनियाँ राष्ट्रपति सीको यही असोज २५ र २६ गते नेपालमा राजकीय भ्रमण हुँदैछ । प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच लामो समयदेखि असल, प्रगाढ र छिमेकीको सम्बन्ध रआिएकाले यस भ्रमणले आपसी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छलफलमा सहभागी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा प्रकाशशरण महतले राष्ट्रपति सीको भ्रमण हुने कुरा खुशीको विषय हो भन्दै राष्ट्रिय हित र आवश्यकताका आधारमा तयारीका साथ चीनसँग सहकार्य गर्न सुझाव दिइएको बताए । आफूहरु नेपालमा चिनियाँ लगानी बढ्नुपर्छ, ‘बेल्ट एण्ड रोड’ इनिसियटिभमा नेपालमा सहभागी हुनुपर्छ र त्यसको प्रतिफल आउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै पूर्वपरराष्ट्रमन्त्री डा महतले ऋण लिएर रेलजस्ता ठूला आयोजना भने हतारोमा शुरु नगर्न ध्यानाकर्षण गराए ।

उनले नेपालको विदेश नीतिमा कुनै अन्योल हुने खालको वातावरण सिर्जना नगर्न पनि सरकारसँग आग्रह गरे । करीब चार घण्टा चलेको छलफलमा सरकारका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उक्त भ्रमणका लागि हालसम्म भएको तयारीबारे जानकारी दिएका थिए भने सहभागी नेता एवं विज्ञले लामो समयपछि चिनियाँ राष्ट्रपतिस्तरबाट हुन लागेको भ्रमण ऐतिहासिक र सफल हुने अपेक्षा व्यक्त गर्दै मुलुकको हित र आवश्यकतालाई ध्यान दिएर सन्धिसम्झौता गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
कांग्रेसको आश बढाउँदै सीताराम
कांग्रेसको आश बढाउँदै सीताराम
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
खुट्टा तान्ने प्रवृतिबाट विचलित हुनुहुन्न : प्रधानमन्त्री
खुट्टा तान्ने प्रवृतिबाट विचलित हुनुहुन्न : प्रधानमन्त्री
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
गृह मन्त्रालयका लागि हानथाप- एमाले १७, माओवादी ७ भागमा पर्यो
त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु
त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
मन्त्री गोकर्ण विष्टले गरे नयाँ म्यानपावर दर्ता बन्द !
मन्त्री गोकर्ण विष्टले गरे नयाँ म्यानपावर दर्ता बन्द !
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई
तीन वर्षे प्रधानसेनापतिको कार्यकाल पूरा गरेका शर्माको बिदाई

तपाईंले छुटाउनुभयो कि?